आइतवार, अगस्ट १४, साउन ३०
‘जुन नापले तिमीहरूले दिन्छौ त्यही नापमा तिमीहरूले पाउँछौं।’ —मर्कूस ४:२४
धर्मसुधार आन्दोलनका अभियन्ता मार्टिन लुथरले बाइबल अध्ययनलाई स्याउ टिपे जस्तै हो भनेका छन् । पहिला रुख हल्लाइन्छ, त्यसपछि मुख्य हाँगा हल्लाइन्छ, त्यसपछि सहायक हाँगाहरू हल्लाइन्छन्, त्यसपछि स–साना हाँगाहरू हल्लाइन्छन्, अनि प्रत्येक पातमुनि हेरिन्छ । संसारमा बाइबल जस्तै अरू कुनै पुस्तक छैन । तपाईंले बाइबलको कुनै पदलाई दर्जनौँ पटक पढ्न अनि दर्जन वटा भिन्नाभिन्नै अन्तरदृष्टि प्राप्त गर्न सक्नुहुन्छ । यस्तो हुन्छ किनभने यो ‘परमेश्वरको प्रेरणाबाट भएको’ (२ तिमोथी ३:१६) हो ।
परमेश्वरको वचन अध्ययन गर्ने बारेमा येशूले यसो भन्नुभयोः ‘कुनै थोक लुकाएर राख्न सकिँदैन जो प्रकट गरिनेछैन, अनि कुनै थोक गुप्त छैन जो प्रकाशमा ल्याइनेछैन’ (मर्कूस ४:२२) ।
त्यसपछि उहाँले थप्नुभयोः ‘जुन नापले तिमीहरूले दिन्छौ त्यही नापमा तिमीहरूले पाउँछौं’ । के तपाईं आत्मिक रूपमा वृद्धि हुन चाहनुहुन्छ ?
असल सम्बन्धहरू निर्माण गर्न चाहनुहुन्छ ?
आफ्नो पेशामा सफल बन्न चाहनुहुन्छ ?
फिक्रीमाथि विजय पाउन र शान्ति पाउन चाहनुहुन्छ ?
खराब आदत तोड्न चाहनुहुन्छ ?
आफ्नो विगतका भावनात्मक चोटहरूबाट निको हुन चाहनुहुन्छ ?
त्यसो हो भने परमेश्वरको वचन मनन गर्नुहोस्, चिन्तन गर्नुहोस्, त्यसको बारेमा विचार गर्नुहोस्, मानसिक रूपमा अभ्यास गर्नुहोस्, अनि त्यसलाई बोल्नुहोस् । अरू कसैको आत्मिक अन्तरदृष्टिको आधारमा जिउनुको सट्टा, आफैँ परमेश्वरको वचन अध्ययन गर्नुहोस् अनि जीवन रूपान्तरणकारी अन्तरदृष्टिद्वारा तपाईंलाई आशिष् दिनुहुन पवित्र आत्मालाई अनुमति दिनुहोस् ।
येशूले भन्नुभयो, ‘जे मेरो हो त्यो मबाट लिएर पवित्र आत्माले तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ’ (यूहन्ना १६:१५) । तपाईंले पढिरहनुभएको धर्मशास्त्रको खण्डलाई आफ्नै बनाउनुभएपछि तपाईंले ती शब्दहरूको सत्यता अनुभव गर्नुहुनेछ ।
आत्मिक भोजनः नयाँ करार यर्मिया ३१:३१–३७, हिब्रू ८:१–१३
Discussion about this post