बुधवार, अगस्ट १०, साउन २६
‘यो काम तिम्रो लागि साह्रै चर्को छ । तिमीले यो काम एकलै गर्न सक्नेछैनौ ।’ —प्रस्थान १८:१८
परमेश्वरले तपाईंको वरिपरि यस्ता मानिसहरू राखिदिनुभएको छ जो तपाईंलाई सहायता गर्न इच्छुक छन् । यदि तपाईंले उनीहरूको सहायता स्वीकार गर्नुभएन भने, तपाईं हतास बन्नुहुनेछ अनि आफ्ना वरदानहरू प्रयोग गर्न नपाएको कारण उनीहरू पनि असन्तुष्ट हुनेछन् । परमेश्वरले तपाईंलाई प्रत्येक परिस्थितिमा प्रत्येकको लागि प्रत्येक थोक गरिदिन बोलाउनुभएको छैन । तपाईं सबै समय सबै मानिसहरूका लागि सबै थोक बन्न सक्नुहुन्न ! तपाईंका आफ्नै यथोचित आवश्यकताहरू हुन्छन्, अनि ती पूरा नहुँदा तपाईंले कष्ट भोग्नुहुन्छ र तपाईंका वरिपरिका मानिसहरूले पनि । सहायताको खाँचो पर्नु र सहायता माग्नुमा कुनै खराबी छैन । बरु सहायताको खाँचो पर्नु तर घमण्डले गर्दा सहायता माग्न नसक्नु चाहिँ गलत हो । इस्राएलीहरूले सबै थोकका लागि मोशालाई हेर्थे, त्यसकारण उनले ‘सबै मानिसहरूका लागि सबै थोक’ बन्ने प्रयास गरे । अनि त्यसै कारण समय उनी टुट्ने बिन्दुको सीमासम्मै पुगे । यसकारण उनका ससुराले उनलाई उनको केही अख्तियार अरू मानिसहरूलाई हस्तान्तरण गर्न अनि अरूहरूले कम महत्वका मुद्दाहरूमा निर्णय गर्दा उनले चाहिँ बढी महत्वपूर्ण मुद्दाहरूमा निर्णय गर्न सुझाव दिए । यसले काम गर्यो ! मोशाले यित्रोले सुझाव दिएअनुसार गरे, यसले उनलाई आफ्नो जिम्मेवारी पूरा गर्न सफल बनायो । साथै, उनको नेतृत्वमुनि रहेकाहरूले केही काम गर्न पाएकोमा सन्तुष्टि लिन पाए । यसले सबैलाई हित ग¥यो अनि काम पनि सही तरिकाले सम्पन्न भयो !
प्रश्नः मानिसहरूले तपाईंमाथि अति धेरै मागहरू राखिरहेका छन् र तपाईंले अति धेरै कामहरू गर्नु छ ? कसैले पनि तपाईं जत्तिको राम्ररी काम गर्न सक्दैन भन्ने सोचर के तपाईं अरू मानिसहरूलाई सहायता गर्न दिन अनिच्छुक हुनुहुन्छ ? होसियार हुनुहोस् ! धर्मशास्त्रले ‘आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढी नसम्झन’ (रोमी १२:३) सावधान गराउँछ । सहायता माग्नुहोस् । त्यसो गर्नुभयो भने तपाईं अलि धेरै जिउनुहुनेछ अनि जीवनमा बढी आनन्द पाउनुहुनेछ !
आत्मिक भोजनः १ इतिहास १२:२३–१५:२९, मर्कूस ५:११–२०, भजन ११९:४१–४८, हितोपदेश २१:१–३
Discussion about this post