आइतवार, अगस्ट ७, साउन २३
‘हे परमप्रभु, तपाईंले मेरो पारख गर्नुभएको छ, अनि मलाई चिन्नुहुन्छ … तपाईंले मेरो विचार बुझ्नुहुन्छ ।’ —भजन १३९:१–२
जसरी सुगठित शरीर बनाउने कुनै व्यक्तिले तौल उठाउने सही तरिकाहरू प्रयोग गरेर अब्बल शरीर बनाउँछ, तपाईंले पनि आफ्ना द्वन्द्व समाधानमा इच्छित परिणाम प्राप्त गर्र्न सही तरिकाहरू अपनाउनु पर्छ । कुनै पनि खेलाडीले पहिले आफ्ना मांशपेशीहरूलाई हल्का अभ्यासद्वारा नतताइ गह«ौँ भार उठाउँदैन वा कडा अभ्यास गर्दैन । कठिन अभ्यासको लागि यसरी शरीर तताउनु महत्वपूर्ण हुन्छ, किनकि यसले चोटपटकको खतरालाई कम गर्छ अनि मांशपेशीको समग्र कार्यसम्पादनलाई बढाउँछ । त्यसैगरी, सामनाको लागि तयारी गर्नु पनि लगभग सामना गर्नु जत्तिकै महत्वपूर्ण छ । यत्तिकै वा तयारीविना कसैको सामना गर्दाको परिणाम दुःखद हुनसक्छ । तयारीले तपाईंलाई परिस्थितिलाई भावनात्मक क्षणका बिचबाट नभएर बढी स्पष्ट तरिकाले हेर्ने अवसर दिन्छ, अनि यसले बढी प्रभावकारी सामनातर्पm डो¥याउने सम्भावना रहन्छ । योचाहिँ यसरी प्रार्थना गर्ने राम्रो अवसर होः ‘हे परमप्रभु, तपाईंले मेरो पारख गर्नुभएको छ, अनि मलाई चिन्नुहुन्छ … तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ … मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै हे परमप्रभु, तपाईंले त्यो सम्पूर्ण रूपले जान्नुहुन्छ’ (पद १–४) । तपाईंले पहिला आफ्ना नकारात्मक भावनाहरू जस्तै रिस वा घृणासँग व्यवहार गर्नु महत्वपूर्ण हुन्छ । तपाईंले यस्ता भावनाहरूलाई उचित ठह¥याउन त सक्नुहोला, तर यदि तपाईंले पवित्र आत्माको शक्तिद्वारा ‘तिनीहरूलाई जान’ दिनुभएन भने, मिलापको बाटोमा ती बाधक बन्नेछन् । मुद्दालाई सम्बोधन गर्ने बारेमा तपाईंले डर मान्न पनि इन्कार गर्नुपर्छ, अन्यथा तपाईंले सामना सुरु गर्ने विचार नै त्याग्नुुहुनेछ । परमेश्वरले दुवैतर्फ काम गर्न सक्नुहुन्छ । तपाईंले प्रार्थना गरेर आफ्नो हृदय तयार पारिरहनुहुँदा, उहाँले अर्को व्यक्तिको हृदय पनि तयार पार्न सक्नुहुन्छ । ‘खराब युक्ति रच्नेहरूको हृदय छली हुन्छ, तर शान्तिको बढ़ौती गर्नेलाई रमाहट हुन्छ’ (हितोपदेश १२:२०) ।
आत्मिक भोजनः जीवन छोटो छ उपदेशक ११:७–१२:१, भजन ३९:४–१३, २ तिमोथी ४:६–८
Discussion about this post