शनिवार, अगस्ट ६, साउन २२
‘चुप लाग्ने एउटा समय छ, र बोल्ने एउटा समय छ ।’ —उपदेशक ३:७
सामना गरिने व्यक्ति सबैभन्दा ग्रहणशील भएको समयमा उसको सामना गर्न बुद्धिमता चाहिन्छ । यदि तपाईंले कोही व्यक्ति व्यस्त भएको वा अरू कुनै काममा केन्द्रित भएको समयमा उसकहाँ जानुभयो भने, प्रभावकारी रूपमा सामनासँग व्यवहार गर्न ऊ सही मनस्थितिमा हुँदैन । त्यो तपाईंको कुरा सुन्न र तपाईंलाई पूरै ध्यान दिन सक्षम नहुन्जेलसम्म पर्खनुहोस् । अनि तपाईंले कुनै व्यक्ति एकलै भएको समयमा उसको सामना गर्न हरसम्भव प्रयत्न गर्नुपर्छ, जसरी येशूले आज्ञा गर्नुभएको छः ‘तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध ग¥यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ’ (मत्ती १८:१५) । अरू मानिसहरूको उपस्थितिमा कसैको सामना गर्दा, इज्जत जोगाउनका लागि ऊ प्रतिरक्षात्मक बन्न सक्छ । तपाईंको लक्ष्य मिलाप हो, कसैलाई अप्ठ्यारोमा पार्नु होइन । यदि तपाईंले कसैलाई केही ‘गम्भीर’ कुरा भन्नु छ भने, उसको वा तपाईंको घरमा त्यस्तो सामना गर्नु उपयुक्त हुदँैन । यसको लागि एउटा तटस्थ स्थान छान्नुहोस् । यसो गर्दा, सामना गरिने व्यक्ति आक्रामक भएमा उसलाई त्यो ठाउँ छोडेर जान सजिलो हुन्छ । यस्तो हुने सम्भावना जहिल्यै पनि रहन्छ । उनीहरूलाई पछि जित्न सकियोस् भनी कहिले कहीँ तपाईंले मानिसहरूलाई केही समयको लागि गुमाउनु पर्नेहुन्छ । ‘फुक्र्याउने जिब्रो भएकोले भन्दा हप्काउने मानिसले नै आखिरमा धेरै निगाह प्राप्त गर्नेछ’ (हितोपदेश २८:२३) । यहाँ ‘आखिरमा’ भन्ने शब्दमा ध्यान दिनुहोस् । तपाईंले आफूले चाहेको जस्तो प्रतिउत्तर पाउनुभएन भने पनि, तपाईंले जित्न सक्नुहुन्छ— विशेष् गरी तपाईंले प्रार्थना गर्नुभयो र पवित्र आत्मालाई उक्त व्यक्तिको हृदयमा काम गर्न दिनुभयो भने । तर तपाईंले चाहनुभएको जस्तो परिवर्तन ल्याउनका लागि जोखिम उठाउन र त्यो परिस्थितिको सामना गर्न तपाईं तयार हुनुपर्छ । यदि त्यसो गर्नुभएन भने, परिस्थितिहरू जस्ताको तस्तै रहनेछन्, वा अझ खराब भएर जानेछन् ।
आत्मिक भोजनः १ इतिहास ६:१–७:१९,मर्कूस ४:१३–२५, भजन ११९:१७–२४, हितोपदेश २०:२२–२४
Discussion about this post