बुधवार, अगस्ट ३, साउन १९
‘पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्कँदै ।’ —फिलिप्प ३:१३
तपाईं अगाडि जान सुरु गर्न सक्षम हुनुभन्दा पहिले, तपाईंभित्रका कतिपय कुराहरूसँग व्यवहार गर्नु आवश्यक हुन्छ । तपाईंको जन्मदेखि अहिलेसम्मको तपाईंको प्रत्येक अनुभवले तपाईं को हुनुहुन्छ भन्ने कुरालाई निर्धारण गर्न भूमिका खेलेको छ । तपाईंप्रति भएका असल र खराब दुवै कुराहरूले तपाईंको बाँकी जीवनमा तपाईंले कसरी व्यवहार गर्नुहुन्छ र प्रतिकृया जनाउनुहुन्छ भन्ने कुरा निर्धारण गर्न प्रमुख भूमिका खेल्नेछन् । पावलले ‘पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्कने’ भन्ने बारेमा चर्चा गर्छन् । तपाईंले सोध्नुहोला, ‘पावलले कुन कुरा बिर्सनु प¥यो र ?’ धेरै कुराहरू ! पावलको आदेशमा पहिलो ख्रीष्टियन शहिद स्तिफनसलाई ढुङ्गाले हानेर हत्या गरियो । उनको हत्या हुँदा पावलले त्यो सब हेरिरहेका थिए । दमस्कसको बाटोमा उनले ख्रीष्टलाई भेट्नुभन्दा पहिले, पावलले नियमित रूपमा ख्रीष्टियनहरूलाई झ्यालखानामा हाल्थे र तिनीहरूको हत्या गर्थे । तथ्य के हो भने, उनले आफ्नो विगतमाथि विजय प्राप्त गरेका थिएनन् भने पावलले नयाँ करारको आधा भाग लेख्न सक्ने थिएनन् अनि दुई हजार वर्षसम्म टिक्ने मण्डली स्थापना गर्न सहायता गर्न सक्ने थिएनन् । के पावल सिद्ध थिए ? अहँ, कत्ति पनि थिएनन् ! त्यसैकारण त उनले भने, ‘ती कुराहरूलाई पक्रनको निम्ति म अघि बढिरहेको छु जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो…मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसित अघि बढ्दछु’ (पद १२–१४) । विगत रहन सक्ने एउटै मात्र ठाउँ भनेको तपाईंको सम्झनामा हो; अनि तपाईंमाथि यसको शक्ति भनेको तपाईंले यसलाई दिनुहुने शक्ति मात्रै हो । यसकारण तपाईंको निम्ति आजको वचन छः अगाडिका कुराहरूतिर हेर्न सुरु गर्नुहोस् ।
आत्मिक भोजनः १ इतिहास १–२, मर्कूस ३: ७–९, भजन ७८:६५–७२, हितोपदेश २०: ११–१४
Discussion about this post