मंगलवार, अगस्ट २, साउन १८
‘तैँले यो प्रकाश पाटीहरुमा प्रष्ट गरी … लेख, र समाचारवाहक त्यससित दौडन सकोस् ।’ —हबकूक २:२
जब परमेश्वरले तपाईंलाई तपाईंको जीवनको निम्ति एउटा दर्शन दिनुहुन्छ, त्यसलाई सदैव आफ्नो अगाडि राख्नुहोस् र त्यसलाई लिएर दौडनुहोस् । सायद तपाईंले यसो भन्नुहुन्छ, ‘तर यो सम्भव हुने म कुनै उपाय देख्दिनँ ।’ बाइबलले भन्दछ, ‘त्यो पूरा हुन ढिलो भए तापनि त्यसको प्रतिक्षा गर्दैबस्, किनभने त्यो निश्चय नै पूरा हुनेछ’ (पद ३) । तपाईं अहिले जहाँ हुनुहुन्छ, त्यहाँबाट तपाईंको दर्शनले तपाईंलाई अन्त्यमा जहाँ लैजान्छ त्यहाँसम्म कसरी पुग्ने भन्ने कुरा तपाईंलाई थाहा नहुनसक्छ— तर परमेश्वराई थाहा छ । यसकारण तपाईंको निम्ति अर्को कदम प्रकट गरिदिनुुहुन उहाँसँग बिन्ती गर्नुहोस् । तपाईं योसेफझैँ झ्यालखानमा हुनुभए तापनि वा घरबारविहीन भएर मध्ये शहरमा कतै अल्झिरहनुभए तापनि, वा घरमा बसेर स–साना बालबालिकाहरूको हेरचाह गरिरहनुभए तापनि, परमेश्वरले तपाईंको हृदयमा राख्नुभएको दर्शन उहाँले पूरा गर्नु नै हुनेछ । जति बढी तपाईंले आफैँलाई बैठकको नेतृत्व गरेको, तपाईंको आफ्नै उद्योगधन्दा वा व्यापार सुरु गर्नुभएको, सेवकाइमा सहायता पुर्याउनुभएको, आफ्नो पहिलो पुस्तक लेख्नुभएको, वा तपाईंका आफ्ना वरदानहरूद्वारा अरूलाई सहायता पुर्याउनुभएको देख्नुहुन्छ, त्यति चाँडै तपाईंको दर्शन वास्तविकतामा परिणत हुनेछ । कुनै दर्शन स्पष्ट हुनुभन्दा पहिले, परमेश्वरले हामीलाई यसको एक झलक दिनुहुन्छ— कुनै चित्र मधुरो रङबाट स्पष्ट रूपमा विकास भएजस्तै । यसकारण आफ्नो दर्शन पक्रनुहोस् र यसलाई साथमा लिएर दौडनुहोस् । यसले तपाईंलाई उत्तम प्रकारले जान्नुहुने र प्रेम गर्नुहुने परमेश्वरसँग सम्पर्कमा रहँदै, वर्तमान पद वा अवस्थामा तपाईंको क्षमताले सकेसम्म उत्तम रूपले काम गर्न तपाईंलाई प्रोत्साहित गरोस् । आज यस्तो प्रार्थना गर्नुहोस्ः ‘हे प्रभु, मलाई थाहा छ कि म अहिले जहाँ छु, तपाईंले मलाई लानुहुने त्यहाँ होइन । मेरो भविष्यको लागि तपाईंको दर्शनका झलकहरू मलाई दिनुहोस्, ताकि तपाईंले निर्धारण गर्नुभएको समयअनुसार मेरो समझ वृद्धि हुनसकोस् । यो सबै प्रकृयामा तपाईंले सदैव मेरो भलाइको निम्ति काम गरिरहनुभएको छ भन्ने कुरा विश्वास गर्ने भरोसा र संयम मलाई दिनुहोस् । आमेन ।’
आत्मिक भोजनः १ यूहन्ना ३: ११–५:२१, मर्कुस २: २३–३:६, भजन ७८: ५६–६४, हितोपदेश २०: ७–१०
Discussion about this post