शनिवार, जुलाई ३०, साउन १५
‘त्यो केटाको जीवन र कामको नियम कस्तो हुनेछ ?’ —न्यायकर्ता १३:१२
परमेश्वरले शिमशोनका पिता मनोहलाई वृद्ध उमेरमा तिनको एउटा छोरो हुनेछ भन्नुहुँदा, तिनले सोधे, ‘त्यो केटाको जीवन र कामको नियम कस्तो हुनेछ ?’
तिनी एक बुद्धिमान् पिता थिए। तिनका छोराले आफ्नो जीवनको लक्ष्य पूरा गर्न, उसलाई केही निश्चित नियमद्वारा हुर्काउन पर्छ भन्ने कुरा तिनलाई थाहा थियो। सीमाहरू के के हुन् भन्ने कुरा थाहा पाउँदा बालबालिकाहरूले बढी सुरक्षित महसुस गर्छन् र तिनीहरू फक्रने सम्भावना धेरै हुन्छ। सयौँ फिट अग्लो झोलुंगे पुलमा तपाईंको कार चलाउनु भएको कल्पना गर्नुहोस् त। पहिलो पटक यात्रा गर्नेहरूका निम्ति यो डरलाग्दो अनुभव हुन सक्छ। एउटा केटो त्यस्तो दृश्यबाट यति धेरै डराउन पुग्यो कि उसले भन्यो, ‘ओहो बुबा, तपाईं यहाँबाट खस्नुभयो भने त तपाईं तुरुन्तै मर्नुहुनेछ।’ त्यो पुलका दुवै छेउमा छेकबार नभएको कल्पना गर्नुहोस् त। तपाईंले आफ्नो कार कतातिर कुदाउनुहुन्थ्यो होला ? सडकको ठिक बिचमा…तपाईंले ती सुरक्षात्मक छेकबारहरूलाई आफ्नो कारले हान्नुहुने थिएन, तथापि ती छेकबार त्यहाँ छन् भन्ने थाहा पाउँदा तपाईंले बढी सुरक्षित महसुस गर्नुहुनेछ। अनि तपाईंका छोराछोरीहरूको सन्दर्भमा पनि यस्तै हुन्छ। तिनीहरूले पनि जीवनका नियमहरू के हुन भन्ने कुरा थाहा पाउनुपर्छ, अनि तपाईंले तिनलाई नियमित रूपमा लागु गर्नुहुन्छ भन्ने कुरा पनि थाहा पाउनुपर्छ। घरमा नियमहरू स्पष्ट गरी स्थापित गरिएका छन् भने छोराछोरीहरू सुरक्षित रहन्छन्। जबसम्म तिनीहरू ती उचित, स्पष्ट रूपमा तोकिएका सुरक्षा सीमाभित्र रहन्छन्, तबसम्म घरमा आनन्द, स्वतन्त्रता, र स्वीकृति हुन्छ। तपाईं मालिक भएको तिनीहरूले चाहन्छन् भनी तपाईंका छोरछोरीहरूले स्वीकार त नगर्लान्, तर तपाईं त्यसो हुनुहुँदा तिनीहरूले बढी निर्धक्क अनुभव गर्नेछन्। अन्तिम निष्कर्ष यही होः परमेश्वरले तपाईंलाई एउटा सन्तान दिनुहुन्छ भने, यो घटीमा पनि एक्काइस वर्षको परियोजना होः उसलाई हुर्काउन निकै समय लाग्छ। त्यो अवधीमा तपाईंले त्यो सन्तानलाई सफल बन्न वा असफल बन्न तालिम दिन सक्नुहुन्छ। त्यो छनोट तपाईंकै हो।
आत्मिक भोजनः एज्रा ९–१०, मकूस २: १–१२, भजन ७८: ३२–३९, हितोपदेश २०: १–३
Discussion about this post