बिहीवार, जुलाई २८, साउन १३
‘तपाईंको व्यवस्थासँग प्रेम गर्नेहरूलाई ठूलो शान्ति हुन्छ, र तिनीहरूले ठेस खाने कुनै कारण रहँदैन।’ –भजन ११९:१६७
यस संसारलाई छोडेर जानुभन्दा अघि येशूले आफ्ना चेलाहरूलाई भन्नुभएका अन्तिम कुराहरू मध्ये एउटा कुरा, ‘संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ’ (यूहन्ना १६:३३) भन्ने थियो। र उहाँले ठीकै भन्नुभयो, होइन र ? हामी सबैले तनावको, पेशागत मागको, समय सीमितताको, प्रतीक्षाहरूको, अनि हामीमाथि प्रबल हुँदै जाने र हामीले अत्याधिक चाहना गरेको शान्तिलाई खोस्ने व्यक्तिगत दबावहरूको अनुभव गछौँ। कोही पनि तनाव, नैरश्यता अनि हामी ‘जीवनको मोटरबाटोमा’ अर्थात हतारमा छौँ भन्ने अनुभवबाट अछुत सुरक्षित छैन। यी सबै कुराहरू के हुन् त ? शान्तिको अभाव होइन र ? अनि यसको समाधान औषधीको गोलीमा, सम्पत्तिमा अथवा विलासितामा पाउन सकिँदैन। ती सबै कुराहरू प्रयोग गर्दागर्दै पुराना भएर जान्छन् वा नष्ट हुन्छन्। बाइबलले तीन भिन्दा–भिन्दै किसिमका शान्तिको बारेमा बताउँछ। तिनीहरूको विषयमा हेरौँः
१) अरूहरूसँगको शान्ति। ‘हुन सक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस’ (रोमी १२:१८)। यो बाहिरी शान्ति हो र मानवीय सम्बन्धहरू सुमधुर पार्न यसको आवश्यकता पर्दछ।
२) आफैंसँगको शान्ति। ‘ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्’ (कलस्सी ३:१५)। यो आन्तरिक शान्ति हो, प्रायः हामीमध्ये अधिकांशले मन र प्राणको विश्राम अनुभव गर्न सकेका हुँदैनौँ। ३) परमेश्वरसँगको शान्ति। ‘यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ’ (रोमी ५:१)। यो अनन्तको शान्ति हो र तपाईं परमेश्वरसँग ठीक सम्बन्धमा हुनुहुन्छ भन्ने कुरा थाहा गरेपछि यो शान्ति तपाईंमा आउँछ। यसले यसप्रकार काम गर्छः जब तपाईं परमेश्वरसँग शान्तिमा हुनुहुन्छ, तब तपाईं आफैंसँग शान्तिमा हुनुहुनेछ, अनि जब तपाईं आफैं शान्तिमा हुनुहुन्छ, तब तपाईं अरूहरूसँग शान्तिमा हुनुहुनेछ। संक्षेपमा भन्नुपर्दा, शान्ति प्रक्रिया यही हो !
आत्मिक भोजनः एज्रा ३–५, मर्कूस १: २१–३४, भजन ७८: ९–१६, हितोपदेश १९:२४–२६
Discussion about this post