मंगलवार, जुलाई २६, साउन ११
‘हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो।’ —याकूब १:१७
यदि जीवनमा तपाईंको दर्शन सकेसम्म धनी बन्ने, आफूले कमाएको एक–एक पैसा जम्मा गर्ने र आफ्नैै चाहना पूरा गर्ने छ भने, तपाईंको दर्शन परमेश्वरबाटको होइन। तर यदि तपाईंको दर्शन सफल हुने र आफ्नो सफलता अरूलाई आशिष् दिनको लागि प्रयोग गर्ने र पृथ्वीमा परमेश्वरका उद्देश्यहरू पूरा गर्ने छ भने, तपाईंको दर्शन परमेश्वरबाटको हो। परमेश्वरले अब्राहामलाई बोलाउनुहुँदा, उहाँले उनलाई तीनओटा कुराको प्रतिज्ञा गर्नुभयोः ‘म तँलाईं आशिष् दिनेछु; म तेरो नाउँ प्रसिद्ध गराउनेछु र तँ आशिष्को मूल हुनेछस्’ (उत्पत्ति १२:२)। यसलाई बुझ्नुहोस्, हरेक योग्य दर्शन परमेश्वरबाट आउँदछ, कथित् ‘आत्मिक’ कुराहरूसँग सम्बन्धित भए वा नभए तापनि र दर्शन देख्ने व्यक्तिले आफ्नो दर्शनको स्रोतलाई पहिचान गरे वा नगरे तापनि। बाइबलले भन्छ, ‘हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो, यो वरदान ज्योतिका पिताबाट आउँछ। बदली रहने छाया जस्तो उहाँमा कुनै हेरफेर हुँदैन’ (याकूब १:१७)। हामी आफ्नो जीवनलाई खण्ड–खण्डमा विभाजन गर्नेगछौँ। अर्थात् जब कुरा आत्मिक दर्शन, मिशन र लक्ष्यको आउँछ, हामी त्यसमा परमेश्वरको हात देख्छौँ। तर कथित् आत्मिक भन्दा बाहिरी संसारका दर्शन, मिशन र लक्ष्यको सन्दर्भमा चाहिँ परमेश्वरसँग कुनै सम्बन्ध नभएको ठान्छौँ। सन्त अगस्टिनले भनेका छन्, ‘हरेक इसाईले यो बुझोस् कि जहाँ–जहाँ सत्यता भेटाइन्छ, त्यो उसको मालिक परमेश्वरको हो।’ परमेश्वर नै सबै सत्यताको मूल हुनुहुन्छ र सबै योग्य दर्शनको स्रोत हुनुहुन्छ। अनि उहाँले नै तपाईंलाई दर्शन दिनुभएको कारण तपाईं आफैं हरेक दिन यसमा लागिपर्नुपर्छ। भजनकारले भनेका छन्, ‘परमप्रभुको नाउँ उच्च होस्, जो आफ्नो दासको कल्याणमा (सफलतामा) प्रसन्न हुनुहुन्छ’ (भजन ३५:२७)। परमेश्वर तपाईंको सहकर्मी हुनुभएको कारण तपाईंले आफू सफल बन्ने आशा गर्नुपर्छ अनि तपाईं सफल बन्नु पनि हुनेछ ! आत्मिक भोजनः सपन्याह १–३, मर्कुस १: १–८, भजन ४६, हितोपदेश १९: १८–२०
Discussion about this post