आइतवार, जुलाई २४, साउन ९
‘आशा गर्ने कत्ति पनि ठाउँ नहुँदा पनि अब्राहामले आशा राखी विश्वास गरे ।’ —रोमी ४:१८
अब सम्बन्ध विच्छेदको चोटबाट निको हुने प्रकृयाका अन्तिम तीन चरणका बारेमा हेरौँ। पाँचौँ चरण स्वीकार हो। हो, स्वीकारको चरण आउन सक्छ र अन्त्यमा आउँछ पनि ! अनि जब त्यो आउँछ, तब निराश र उदास महसुस नगर्नुभएकोमा तपाईंले कताकता दोषी अनुभव गर्नुहुनेछ। के भइरहेको छ त ? तपाईंले संघर्ष गर्न छोड्नुभएको छ। तपाईं भित्रको द्वन्द साम्य भएको छ अनि तपाईंले शान्ति अनुभव गर्न सुरु गर्नुभएको छ। अनि योचाहिँ मानव समझले नभ्याउने परमेश्वरको शान्ति हो (हेर्नुहोस् फिलिप्पी ४:७)।
छैटौँ चरण आशा हो। ‘आशा गर्ने कत्ति पनि ठाउँ नहुँदा पनि अब्राहामले आशा राखी विश्वास गरे…आफ्नो विश्वासमा दह्रिलो भएर उनले परमेश्वरलाई महिमा दिए। प्रतिज्ञा गर्नुभएको कुरा परोश्वरले गर्न पनि सक्नुहुन्छ भन्ने अब्रहामालाई पूरा निश्चय थियो’ (रोमी ४:१८, २०–२१)। तपाईंभित्रको केही कुरा जागृत हुनेछ र भन्नेछ, ‘म फेरि जिउनेछु, र म फेरि प्रेम गर्नेछु। मेरो जीवन सिद्धिएको छैन।’ यही बेलामा उद्देश्य फेरि पत्ता लाग्छ, नयाँ मित्रहरू बनिन्छन्, अनि तपाईं बलियो बन्नुहुनेछ। भावनात्मक रूपमा तपाईं निकै छिटो परिपक्व बन्नुहुनेछ, अनि यो लाभदायक पनि हुन्छ। सातौँ चरण सफलता हो। यस चरणमा आइपुग्नुहुँदा तपाईंले दाऊदले जस्तै यसो भन्नुहुन्छः ‘म मर्दिनँ, तर जीवित रहनेछु, र परमप्रभुले गर्नुभएका कार्यहरूको घोषणा गर्नेछु’ (भजन ११८:१७)। चाहे यो नयाँ सम्बन्ध, अर्को पेशा, वा कुनै विशेष् सफलता होस्, परमेश्वरले तपाईंलाई कुनै पनि प्रकारले फेरि सफल तुल्याउनुहुनेछ। यस चरणमा फेरि कहिल्यै गुनासो सुनिँदैन, किनभने तपाईंले असफलता र धोकाका पुराना सम्झनाहरूलाई फेरि दोहो¥याउनु पर्दैन।
‘हेर, म सबै कुरा नयाँ तुल्याउँछु’ (प्रकाश २१:५) भन्नुहुने परमेश्वरले तपाईंलाई एउटा नयाँ भविष्य दिँदै हुनुहुन्छ, अनि तपाईंले यसलाई आफ्नो विगतको पीडासँग साट्न इन्कार गर्नुहुन्छ। आत्मिक भोजनः मल्किसदेक उत्पत्ति १४–१८, भजन ११०, हिबु्र ५: ५–११
Discussion about this post