शनिवार, जुलाई २३, साउन ८
‘म तिमीहरूलाई ती वर्षहरूको भर्ना गरिदिनेछु।’ —योएल २:२५
सम्बन्ध विच्छेदको चोटबाट निको हुन र फेरि जिउन सिक्न समय लाग्छ, यसकारण कृपया आफैंप्रति धैर्यवान् हुनुहोस्। तपार्इं शोकका यी परिचित चरणहरूबाट गुज्रिरहनुभएको हुनसक्छः
१) इन्कारः जे भयो त्यो बितिजाला भन्ने आशामा तपाईंले जे भयो त्यसलाई वेवास्ता गर्न वा सानो बनाउन प्रयत्न गर्नुहुन्छ। तपाईं डराउनुहुन्छ र त्यसको सामना गर्नुहुन्न। तपाईं दक्ष व्यक्तिकहाँ सहायता माग्न जानुहुन्न, कारण तपाईं ‘अन्त्यमा यो सबै ठिक भइहाल्छ’ भनी सोच्नुहुन्छ।
२) रिसः कसैले तपाईंलाई इन्कार गर्दा, यसले तपाईंको आत्म–समानलाई चोट लगाउँछ अनि तपाईंले गलत तरिकाले प्रतिकृया जनाउनुहुनेछ। तपाईं भावनात्मक रूपमा विचलित हुनुभएको कारण तपाईंले अनियन्त्रित र सबै कुरालाई असर पार्ने वचन बोल्नपुग्नुहुन्छः ‘राम्रो ! यो सब अन्त्य भएकोमा म खुसी छु ! हेरिराख न ! मलाई साँच्चै माया गर्ने र बुझ्ने व्यक्ति भेट्टाउनेछु !’
३) मोलतोलः रिसले तपाईंको आनन्द खोस्छ र सम्बन्धको फाटोलाई अभैm बढाउँछ भन्ने कुरा महसुस गर्नुभएपछि, तपाईंले कुनै समाधान वा सम्झौताको खोजी गर्न सुरु गर्नुहुन्छ। अनि त्यसमा असफल हुनुभएपछि, तपाईं अर्को चरणमा प्रवेश गर्नुहुन्छ।
४) निराशाः यसले तपाईंलाई सबैभन्दा अनुपयुक्त समयहरू जस्तै जन्मोत्सव, विदाका दिनहरू र वार्षिकोत्सवहरूमा आक्रमण गर्छ। ‘हामीलाई मनपर्ने चलचित्र’ पुनः प्रसारण भएको देख्दा, वा तपाईंहरूले सम्झनायोग्य क्षणहरू सँगसँगै बिताएका रेस्टुराँहरू देख्दा तपाईं निराश बन्नुहुन्छ। बिहान दुई बजे तपाईं जागै हुनुहुन्छ र सुत्न सक्नुहुन्न। यस्तो निराशा प्रायः तपाईं आफ्नै बारेमा सोचमग्न हुँदाको परिणाम हुन्छ, कारण तपाईंले गलत कुरा सोचेर त्यही समयमा असल अनुभव गर्न सक्नुहुन्न। त्यसोभए तपाईंले के गर्न सक्नुहुन्छ त ? आफ्नो सोचलाई अनुशासनमा राख्न सिक्नुहोस्। आफ्नो जीवनको निम्ति नयाँ उद्देश्य निर्धारण गर्नुहोस्। अरू कसैलाई सहायता गर्ने बारेमा केन्द्रित हुनुहोस्। अय्यूबले आफ्ना मित्रहरूको लागि प्रार्थना गरिदिएपछि, परमेश्वरले उनलाई निको पार्नुभयो र उनको धन–सम्पत्ति लगायत परिवार पुनस्र्थापित गरिदिनुभयो (हेर्नुहोस् अय्यूब ४२:१०)। उहाँले तपाईंलाई पनि पुनस्र्थापित गरिदिनुहुनेछ, यसकारण उहाँमा भरोसा राखिरहनुहोस् र निराश नहुनुहोस्।
आत्मिक भोजनः १ तिमोथी १–३, मत्ती २८: १–१०, भजन ४२: १–५, हितोपदेश १९: १२–१४
Discussion about this post