बिहीवार, जुलाई २१, साउन ६
‘हे परमेश्वर मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई जान्नुहोस्।’ —भजन १३९:२३
प्रार्थना गर्ने विषयमा हामीले गर्ने दुईओटा गल्ती यहाँ छन्।
१) हामी आफ्नै असफलताहरूमा केन्द्रित हुन्छौँ। फलस्वरूप, हामी विश्वास र निश्चयताबिना प्रार्थना गर्छौं (हेर्नुहोस् १ यूहन्ना ३:२१–२२)। २) हामी आफ्ना नियतहरूलाई जाँच्दैनौँ। भजनकारले लेखेका छन्, ‘हे परमेश्वर मलाई जाँच्नुहोस्, र मेरो हृदयलाई जान्नुहोस्…हेर्नुहोस्, ममा कुनै खराब चाल छ कि’ (भजन १३९:२३–२४)। हाम्रै भलाइका निम्ति परमेश्वरले कतिपय प्रार्थनाहरूको उत्तर दिनुहुन्न— अथवा घटीमा पनि अहिल्यै त होइन। पास्टर जेरी सिट्सर लेख्छन्ः ‘तपाईंको कुरा ठिक होला, तर तपाईं अझै पनि गलत हुन सक्नुहुन्छः घमण्ड गर्ने, विजयमा मख्ख पर्ने, गल्ती गर्नेहरूलाई बढी नै कठोर भएर दण्ड दिने…कुनै अभियान वा धावामा संलग्न भएका मानिसहरूको निम्ति ठूलो खतरा भनेको…तिनीहरूले आफ्नै कमी–कमजोरी चाहिँ देख्दैनन्। तिनीहरू नागरिक अधिकारका लागि लड्छन्, तर सामान्य स्तरका कर्मचारीहरूलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गर्छन्। तिनीहरू स्त्री र पुरुषका बारेमा बाइबलीय स्तर कायम राख्नुपर्छ भन्छन्, तर आफ्नै पति वा पत्नीप्रति कत्ति पनि अनुग्रह देखाउँदैनन्। उत्तर नपाएको प्रार्थना परमेश्वरको वरदान हो…यसले हामीलाई हामी आफैंबाट बचाउँछ। हाम्रा सबै प्रार्थनाहरूको उत्तर पाउने हो भने हामीले त्यो शक्तिको दुरूपयोग गर्नेथियौँ…यो संसारलाई हाम्रो इच्छाअनुसार बनाउन प्रार्थनालाई प्रयोग गर्नेथियौँ, अनि यसको परिणाम अत्यन्तै खराब बन्ने थियो। अत्याधिक खेलौना र रूपैयाँपैसा नभएर बिग्रिएका केटाकेटीहरू जस्तै हामीले पनि अझै बढी खोज्ने थियौँ। हामीले अरूलाई हानी भएपनि आफूलाई विजयको निम्ति प्रार्थना गर्नेथियौँ…शक्तिको नशामा हामीले मानिसहरूलाई चोट लगाउने थियौँ र आफैंलाई उच्च पार्ने थियौँ। यशैयाले भनेका छन्, “तिमीहरूमाथि अनुग्रह गर्न परमप्रभु इच्छा गर्नुहुन्छ…यसकारण उहाँले पर्खनुहुन्छ” (यशैया ३०:१८)। उत्तर नपाएको प्रार्थनाले बचाउँछ…तोड्छ…गम्भिर बनाउँछ र रूपान्तरण गर्छ। विगतमा उत्तर नपाएका प्रार्थनाहरूले जसले हामीलाई चोट लगाए र निराश बनाएका थिए— हो, तिनैले हामीले भविष्यमा पाउने प्रार्थनाका उत्तरहरूका लागि हामीलाई तयार पार्न हामीलाई आगोलेझैँ निखार्ने काम गर्नेछन्।’ यसकारण, निष्कर्ष यही होः सही उद्देश्य राखेर प्रार्थना गर्नुहोस् !
आत्मिक भोजनः नहूम १–३, मत्ती २७: ४५–५६, भजन ६५, हितोपदेश १९: ५–८
Discussion about this post