सोमवार, जुलाई १८, साउन ३
‘हे परमप्रभु, मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्न दिनुहोस्।’ —भजन ३९:४
अर्को पटक तपार्इं कुनै सुरुङ मार्गहुँदै अर्कोपट्टि निस्कनुहुँदा, उद्धार पाएको परमेश्वरको हरेक सन्तानको लागि मृत्यु पनि त्यस्तै हुनेछ भन्ने कुरा आफैंलाई सम्झना गराउनुहोस्। तपाईंले पृथ्वीमा ‘शुभ रात्री’ भन्नुहुन्छ, अनि स्वर्गमा ‘शुभ प्रभात’ सुन्नुहुन्छ। मृत्युको बारेमा पहिलो पटक गहन अध्ययन गरेर यस विषयमा कलम चलाउने डा. एलिजाबेथ कुब्लर–रोसले व्याख्या गरेअनुसार हामीमध्ये अधिकांशले मृत्युको सामना गर्दा निम्नलिखित चरणहरू भएर जन्छौँः
१) चोट वा आघातको चरणः ‘हे परमेश्वर !’
२) इन्कारको चरणः ‘यो सत्य हुनै सक्दैन !’
३) रिसको चरणः ‘म नै किन !’
४) मोलतोलको चरणः ‘परमेश्वर, मलाई बचाउनुहोस्, अनि म तपाईंको लागि केही गर्नेछु।’
५) निराशाको चरणः ‘सबै सिद्धियो। अब मैले आशा गर्ने कुनै कुरा बाँकी रहेन।’
६) जाँचको चरणः ‘मेरो बाँकी जीवनलाई अर्थपूर्ण बनाउन म के गर्नसक्छु ?’
७) स्वीकारको चरणः ‘अवश्यंभावी कुरासँग संघर्ष गर्नुको अर्थ छैन।’ सत्य के हो भने, हामी जन्मनासाथ हाम्रो आयु क्रमशः घट्न थालिसकेको थियो। कुरा यति मात्र हो कि बाल्यकाल र जवान अवस्थाको रमाइलो र उत्साहमा, अनि प्रौढ उमेरको व्यस्तता र फिक्रीमा हामीले यसको बारमा खासै सोचेका थिएनौँ। हामी स्वाथ्यको बारेमा अति फिक्री गर्ने त्यो व्यक्ति जस्तै छौँ जसले आफ्नो चिहानमा यस्तो लेखेको थियोः ‘यस्तो हुन्छ भन्ने मलाई थाहा थियो, तर यति छिट्टै त होइन !’ तर जब हामी वृद्ध हुँदैजान्छाँै र हाम्रो जीवनको अधिकांश समय बितिसकेको छ भन्ने महसुस गर्छौं, तब हामी भजनकारले जस्तै यस्तो प्रार्थना गर्न सुरु गर्छौंः ‘हाम्रो आयु ठिकसँग गन्न हामीलाई सिकाउनुहोस्, र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौँ’ (भजन ९०:१२)। उन्नाइसौँ शताब्दिका महान् अंग्रेज प्रचारक चाल्र्स स्पर्जनलाई कसैले प्रश्न ग¥यो, ‘के तपाईंसँग मृत्युको बेलाको अनुग्रह छ’ अर्थात् ‘मृत्युको सामना गर्दा परमेश्वरले दिनुहुने शान्ति छ ?’ तिनले जवाफ दिए, ‘आज त छैन, तर मेरो मृत्युको क्षण मसँग त्यो हुनेछ !’ अनि तपाईंलाई आजसम्म बचाइराख्ने र थामिराख्ने अनुग्रह, तपाईं यो कमसल जीवनबाट अझ उच्च जीवनमा सर्नुहुँदा पनि तपाईंसँगै हुनेछ।
आत्मिक भोजनः २ शमूएल २०: १–२२:३०, मत्ती २७: ११–२६, भजन १४०, हितोपदेश १८: २१–२२
Discussion about this post