आइतवार, जुलाई १७, साउन २
‘सच्चा मित्रबाट पाएका चोट शत्रुका धेरै चुम्बन भन्दा उत्तम हुन्छन्।’ —हितोपदेश २७:६
हामी आफैलाई स्पष्ट रूपमा देख्ने सन्दर्भमा, हामी सबैका कमजोर पक्षहरू हुन्छन्। यसकारण हामीलाई सत्य कुरा बताउने, सम्पूर्ण सत्य कुरा बताउने, अनि अरू केही होइन सत्य कुरा मात्रै बताउने मानिसहरूको खाँचो पर्छ। कसैले तपाईंलाई साँच्चै प्रेम गर्छ भने, उसले तपाईंलाई तपाईंको जीवनका कमजोरीहरू, पापहरू, अनि सुधार्नु पर्ने कुराहरू देखाइदिन बाध्य भएको अनभुव गर्नेछ। तपाईं त्यस्ता मानिसहरूका कुरालाई बेवास्ता गर्ने परीक्षामा पर्न सक्नुहुन्छ, तर तपाईंले तिनीहरूका वचनको चोटभन्दा परसम्म गएर तिनीहरूले के भनिरहेका छन् भन्ने कुरा सुन्नु पर्छ। हितोपदेशका लेखकले भन्नेका छन्, ‘सच्चा मित्रबाट पाएका चोट शत्रुका धेरै चुम्बन भन्दा उत्तम हुन्छन्।’ सत्यले कहिले कहीँ पीडा दिन्छ। तर तपाईंका जीवनमा प्रोत्साहन दिनेहरूले तपाईंको बारेमा असल नियत राख्छन् भन्ने कुरा तपाईंले विश्वास गर्नुपर्छ। यदि तपाईंको यो जीवनमा केही कुरा प्राप्त गरेको अनुभव गर्न चाहनुहुन्छ भने, तपाईंले भरोसा गर्न सक्नुहुने कसैको खाँचो पर्छ— त्यस्तो व्यक्ति जसले तपाईं कहाँ हुनुहुन्छ अनि तपाईंले लिएको मार्गले तपाईंलाई कतारित लैजाँदैछ भन्ने कुरा बुझेको छ। यदि तपाईंले आफू कस्तो छु अनि अरूहरूले मलाई कसरी बुझ्छन् भन्ने कुरा साँच्चै जान्न चाहनुहुन्छ भने, तपाईंले सुन्न चाहनुभएका कुरा भन्दा पनि तपाईंको बारेको सत्यता तपाईंलाई देखाइदिने विश्वसनीय ऐना जस्तै कोही व्यक्तिको खाँचो पर्छ। अनि यदि तपाईं आफूलाई खाँचो परेको त्यस्तो जानकारी र सल्लाहलाई इन्कार गरिरहनुभएको छ भने, धर्मशास्त्रका यी खण्डहरूका बारेमा विचार गर्नुहोस्ः ‘मूर्खको बाटो आफ्नो नजरमा ठिकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ’ (हितोपदेश १२:१५)। ‘घमण्डले…झगडा पोस्दछ, तर सरसल्लाह लिनेहरूमा बुद्धि पाइन्छ’ (हितोपदेश १३:१०)। ‘परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्’ (हितोपदेश १५:२२)। यसकारण प्रश्न यो होः कसले तपाईंलाई सत्य कुरा बताउँछ ? हो, त्यो व्यक्ति तपाईंको साँचो मित्र हो !
आत्मिक भोजनःस्वर्गमा उठाई लगिएको उत्पत्ति ५: २२–२४, हिबु्र ११: ५, २ राजा २: १–१२, प्रेरित १: ९–११
Discussion about this post