शनिवार, जुलाई १६, साउन १
‘मैले तिमीहरूलाई जसरी प्रेम गरेँ, तिमीहरूले एक–अर्कालाई त्यसरी नै प्रेम गर।’ —यूहन्ना १५:१२
एक जना ख्रीष्टियन परमर्शदाताले लेखेका छन्ः ‘एक जना छैटौँ कक्षाका शिक्षिकाले तिनको कक्षाका विद्यार्थीहरूलाई दिइएको एउटा सृजनात्मक लेखाइ परियोजना कार्यको नतिजाको बारेमा मलाई यस्तो बताइन्। तिनले बालबालिकाहरूलाई “म चाहन्छु…” भन्ने वाक्यांशबाट सुरु भएका केही वाक्यहरू पूरा गर्न लगाएकी थिइन्। ती शिक्षिकाले अपेक्षा गरेकी थिइन् कि विद्यार्थीहरूले साइकल, खेलौना, जनावर, र कुनै पार्कहरूमा जाने आदिको चहाना गर्दै त्यसको बारेमा लेख्नेछन्। तर त्यसको सट्टा, तीस जनामध्ये बीस जना विद्याथीले आफ्नो टुटेको परिवार वा घरमा हुने झगडाको बारेमा यसरी उल्लेख गरेः
‘म चाहन्छु मेरा आमाबुबाले झगडा नगर्नुभएको होस्।’
“म चाहन्छु मेरो बुबा फर्किआउनुभएको होस्।”
“म चाहन्छु म प्रथम श्रेणीमा उतिर्ण हुनसकूँ र मेरो बुबाले मलाई माया गर्नुभएको होस्।”
“म चाहन्छु मेरी आमाको अर्को प्रेमी नभएको होस्।”
“म चाहन्छु मेरा एक जना आमा र एक जना बुबा हुनुभएको होस् र साथीहरूले मेरो हाँसो नउडाऊन्। मेरा तीन जना आमा र तीन जना बुबा छन् र तिनीहरूले मेरो जीवन अस्तव्यस्त बनाएका छन्।”
“म चाहन्छु मसँग एउटा राइफल होस् ताकि मलाई हाँसोमा उडाउनेहरूलाई गोली हान्न सकूँ।” आज परिवार समस्याग्रस्त छ भन्ने कुरा खासै चर्चाको विषय रहेन, तर हुर्किनु नै मुख्य कुरा हुने उमेरमा यी बालबालिकाहरूले यस्ता समस्याहरूसँग संघर्ष गर्नुपरेको देख्दा मलाई पीडा भइरहन्छ। उनीहरूजस्तै अरू लाखाँै करोडौँ बालबालिकाहरू पनि पासोमा फसेका छन्। उनीहरू हुर्कने–बढ्ने उमेरमा पारिवारिक अस्थिरताले उनीहरूको कलिलो जीवनको हरेक पक्ष प्रभावित भएको छ। दक्ष परामर्श नपाउँदा, यस्ता धेरै बालबालिकाहरूले आफ्ना समस्यालाई भविष्यका सम्बन्धहरूमा समेत लैजान्छन्। अनि पारिवारिक विखण्डनको यो ढाँचा अर्को पुस्तामा समेत दोहोरिन पुग्नेछ। ती छैटौँ कक्षाका विद्याथीहरूको प्रतिकृयाको सन्दर्भमा, “म चाहन्छु…” भन्ने शब्दबाट सुरु भएको कुनै वाक्यलाई तपाईंका बालबालिकाले कसरी पूरा गर्नेथिए होलान् भनी म विचार गर्छु।’
आत्मिक भोजनः २ शमूएल १७:१४–१९:४३, मत्ती २७: १–१०, भजन १३३, हितोपदेश १८: १७–२०
Discussion about this post