राष्ट्रिय अर्थतन्त्रमा सबैले आफ्नो दायित्व अनुसारको कर तिरेमा राष्ट्र आफै सम्पन्न हुदै जाने र राष्ट्रले बिभिन्न क्षेत्रमा गर्नुपर्ने लगानी गर्न सक्षम हुने बिश्वासका साथ राष्ट्रिय युवा परिषद नेपालले अभियान थालेको छ । तेलिया सोनेरा जसले नेपालमा व्यापार गरी नाफा आर्जन गरेको थियो । उसले नेपाल सरकारलाई कर बापत तिर्नु पर्ने रकम तिरी नेपाली जनताले देखाएको माया र बिश्वासलाई कदर गरोस भनी हामीले बिज्ञप्ती मार्फ आह्वान गरेका छौ ।
तेलिया सोनेरा स्वीडीस कम्पनी भएको र स्वीडेनमा दर्ता रहेकोले यो बिज्ञप्ती आज मिति २०७३ आषाढ ३० गते स्वीस राजदुताबासलाई उद्रित गर्दै नेपालमा रहनु भएको महाबाणिज्य दुत श्री गजेन्द्र बहादुर श्रेष्ठलाई हस्तान्तरण गरेका छौ ।
उक्त हस्तान्तरण कार्यक्रममा यस संस्थाको अध्यक्ष लगायतका १५ भन्दा बढी परिषदको पदाधीकारीहरुको उपस्थिति थियो ।
हस्तान्तरण कार्यक्रममा राष्ट्रिय युवा परिषद नेपालको अध्यक्ष सरोज बानियाँले बिगत लामो समय देखि नै युवाहरुको क्षेत्रमा कार्य गर्दै आईरहेको जानकारी महाबणिज्य दुत श्रेष्ठलाई बताएका थिए ।
साथै बानियाँले कुनै पनि देशमा व्यवसाय कसैले गर्छ भने उक्त देशको सरकारलाई त्यो व्यवसायी कम्पनीले कर तिर्न बाध्य हुन्छ भन्दै तेलिया सोनेराले पनि कर बापत लाग्ने रकम नेपाल सरकारलाई तिर्नु पर्ने हुन्छ भनी महाबणिज्य दुत श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।
ज्ञापन पत्र बुझ्दै महाबणिज्य दुत श्रेष्ठले यो तपाईहरुको अभियानलाई सम्बन्धित निकायमा सम्म पु¥याउने र आफुले यस कार्यलाई अगाडी बढाउनु पहल गर्ने प्रतिबद्वता गर्नु भएको थियो । साथै यस्तो अभियानको सुरुवात गरेकोकमा
राष्ट्रिय युवा परिषद नेपाललाई बिशेष धन्यबाद दिदै भबिष्यमा पनि यस्ता राष्ट्रिय मुद्दाहरु खबरदारी गर्न समेत अनुरोध गर्नु भएको थियो ।
सरोज बानियाँ
अध्यक्ष, राष्ट्रिय युवा परिषद नेपाल
फोन ः ९८५११५२८४३
Discussion about this post