बिहीवार, जुलाई १४, असार ३०
‘चार जनाले बोकेको एक जना पक्षघातीलाई लिएर मानिसहरू उहाँकहाँ आए।’ —मर्कूस २:३
यो मानिसलाई येशूकहाँ पुर्याउन चारजना मानिसको आवश्यकता पर्यो, अनि भाग्यवश तिनीहरू चाँडै निराश हुने मानिसहरू थिएनन्। तिनीहरूले भिडको बाधालाई पन्छाए। तिनीहरूले उसलाई येशूकहाँ पुर्याउन छाना समेत उघारे। यसकारण तपाईं मानिसहरूको सेवा गर्न चाहनुहुन्छ भने,
१) तपाईंलाई तिनीहरूको खाँचोको बारेमा थाहा हुनुपर्छ। तिनीहरू यसो हेर्दा ‘ठिकठाक’ देखिन सक्छन्, तथापि तिनीहरू भित्रभित्रै कमजोर हुन सक्छन्। एकलै हुँदा तिनीहरू यसरी विलाप गर्छन्, ‘परमेश्वर, तपाईंले मलाई सहायता गर्नुभएन भने, म त सिद्धिएँ।’ तिनीहरू पीडित, व्याकुल र शक्तिहीन् हुन्छन् अनि तिनीहरूलाई त्यो कुरा थाहा पनि हुन्छ।
२) तपाईंले तिनीहरूलाई त्याग्नुहुँदैन। कसैलाई येशूकहाँ ल्याउन प्रतिबद्ध हुनुको अर्थ तिनीहरूलाई समात्नु, त्याग्न इन्कार गर्नु, अनि तिनीहरूलाई अन्त्यसम्मै बोकेर ल्याउनु भन्ने हुन्छ। यसको अर्थ उहाँले तिनीहरूलाई नछुनुभएसम्म तिनीहरूलाई सान्त्वना दिनु, उत्साह दिनु र थामिरहनु भन्ने हुन्छ।
३) तपाईंले येशूलाई उहाँको तरिकाले काम गर्न दिनुपर्छ। चोट पाएका मानिसहरूलाई आफूलाई कुन कुराको खाँचो छ थाहा हुँदैन, तर येशूलाई थाहा छ। यसकारण, तिनीहरूलाई त्यहाँ पुर्याएपछि हट्नुहोस् र उहाँलाई काम गर्न दिनुहोस्। हामी मण्डली गएको केही समयपछि नै परिवर्तनको बाहिरी चिन्ह हेर्ने इच्छा गर्छौं। तर त्यो मानिसको पहिलो खाँचो क्षमा थियो भन्ने कुरा येशूले बुझ्नुभयोः ‘ए छोरा, तिम्रा पापहरू क्षमा भए’ (पद ५)। त्यसपछि मात्र उहाँले त्यस मानिसको दोस्रो खाँचोलाई सम्बोधन गर्नुभयोः ‘उठ, तिम्रो खाट उठाऊ, र घर जाऊ !’ (पद ११)। यसकारण तपाईंले बुझ्न नसक्नुहुने तरिकाले परमेश्वरले काम गर्न सक्नुहुन्छ भन्ने कुरा नबिर्सनुहोस्। उहाँले के गर्दैहुनुहुन्छ भन्ने कुरा उहाँलाई थाहा छ, अनि उहाँले कहिल्यै पनि कुनै कुरालाई अपूरो तरिकाले गर्नुहुन्न। उहाँले कसैको जीवनमा काम गर्न सुरु गर्नुभएपछि, उहाँले नै ‘त्यसलाई सम्हाल्नुहुनेछ र त्यसलाई सफलतापूर्वक पूरा गर्नुहुनेछ’ (फिलिप्पी १:६)।
आत्मिक भोजनः २ शमूएल १२: १–१४:२०, मत्ती २६: ४७–५६, भजन ११८: १९–२९, हितोपदेश १८: १०–१२
Discussion about this post