मंगलवार, जुलाई १२, असार २८
‘कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँछ।’ —हितोपदेश ११:१३
कुरौटे बन्दा तपाईं अस्तव्यस्त चालमा राखिएको कुनै बन्दुक वा विस्फोटक पदार्थ जस्तै बन्नुहुन्छ। रोकिनुहोस् र यो कस्तो होला कल्पना गर्नुहोस्। कुनै बन्दुकलाई स्थिर गराएर सही दिशातर्फ ताकेर हानिन्छ भने यसले युद्ध जित्न सक्छ। तर त्यसो भएन भने त्यसले आफ्नो बाटोमा आउने सबै थोक नष्ट गर्नसक्छ। हो, कुरौटे बानीले पनि त्यस्तै गर्छ। ‘कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँछ, तर विश्वसनीय मानिसले कुरा गुप्तमै राख्छ।’ हिब्रू भाषामा ‘कुरौटे’ भन्ने शब्द राकालबाट आएको हो जसको अर्थ ‘कुनै कामको लागि कतै जानु’ भन्ने हुन्छ। सम्भवत यसको अर्थ ‘व्यापार गर्ने’ भन्ने हुन सक्छ।
यसरी, कुरौटे भनेको नचाहिँदा कुराहरू बेच्दै वा बताउँदै हिँड्ने व्यक्ति भन्ने निस्कन्छ ! एउटी आमा र तिनको एउटा सानो छोराको बारेमा एउटा यस्तो कथा छ। एक साँझ तिनले खाना पकाउँदै गरेको समय त्यो केटो दौडँदै भान्छघरभित्र आयो। ‘मेरो प्यारो छोराले आज दिनभरि के गर्यो ?’ भनेर ती आमाले सोधिन्। ‘मैले त आज दिनभरि हुलाकीको काम गरेँ’ भनेर उसले बतायो। ती आमा छक्क परेर भनिन्, ‘हुलाकी ? तिमीसँग चिट्ठी नै छैन, त कसरी त्यो काम गर्यौ ?’ उसले भन्यो, ‘ए, मसँग धेरै चिट्ठीहरू थिए।’ आत्तिएर तिनले सोधिन्, ‘कस्ता चिट्ठीहरू ?’ तिनको छोराले जवाफ दियो, ‘तिनीहरू माथि बुइँगलमा एउटा पुरानो बाकसभित्र बाँधेर राखिएका थिए। तिनीहरूलाई सडकका सबै पत्र मञ्जुसामा एक–एकओटा गरेर राखिदिएँ।’ तपाईंले कुनै खराबी गर्ने नियत नराख्नुभए तापनि, तपाईंका वचनले एक जनबाट अर्कोमा सर्दै जाँदा प्रतिकृयाको यस्तो श्रृङ्खला सुरु गर्नसक्छन् जसले मानिसहरूको जीवनलाई नष्ट गर्न र तिनीहरूका बिचमा विभाजन ल्याउन सक्छ। त्यसैकारण त बाइबलले भन्छ, ‘कुटिल मतिको मानिसले विवाद उत्पन्न गराउँछ, र कुरौटेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ’ (हितोपदेश १६:२८)।
तपाईंले विश्वस्ततामा सुनाउनु भएको खबर गोप्य नै रहनेछ र असल परिणाम ल्याउनेछ भन्ने कुरामा निश्चित नहुनुभएसम्म त्यो खबर कसैलाई नसुनाउनुहोस्। अनि यसको बारेमा कसैसँग कुरा गर्नैपर्छ भन्ने लाग्छ भने, यसको बारेमा केही गर्न सक्नुहुनेसँग कुरा गर्नुहोस्— अर्थात्, परमेश्वरसँग !
आत्मिक भोजनः २ शमूएल ३: २२–७:१७, मत्ती २६: २६–३५, भजन ११८:१–९, हितोपदेश १८: ४–६
Discussion about this post