शुक्रवार, जुलाई ८, असार २४, 
‘पाप–स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ।’ —रोमी १३:१४
यदि तपाईं विजयी ख्रीष्टियन जीवन जिउने बारेमा गम्भिर हुनुहुन्छ भने तपाईंले यी तीनओटा कुरा गर्नुपर्छः
१) आफ्नो पुरानो जीवनशैलीसँगको सबै सम्बन्ध अन्त्य गर्नुहोस्। तपाईंले त्यसरी अन्त्य नगर्नुभएको कुनै पनि सम्बन्धले शैतानलाई तपाईंको जीवनमा पुनः प्रवेश गर्न निमन्त्रणा दिन्छ र ढोका खुल्ला गर्छ। एफिसीका नयाँ विश्वासीहरूले महत्वपूर्ण त्यस्तो केही कुरा गरेः तिनीहरूले टुनामुना र अश्लीलता सम्बन्धी आफ्ना सम्पूर्ण पुस्तकहरू बाहिर निकाले र तिनीहरूलाई सार्वजनिक रूपमा जलाइदिए। तिनीहरूले यस कुरामा कुनै हिचकिचाहट वा ढिलसुस्ती गरेनन्; तिनीहरू प्रतिबद्ध थिए ! तिनीहरू यी वचनद्वारा जिएः ‘पाप–स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ।’
२) प्रार्थनालाई एक उच्च प्राथमिकताको रूपमा स्थापित गर्नुहोस्। प्रार्थनाले तपाईंको वरिपरि ईश्वरीय सुरक्षाको कवच निर्माण गर्दछ। प्रार्थना नगरी आफ्नो दिन सुरु नगर्नुहोस्। येशूले भन्नुभयो, ‘जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर’ (मत्ती २६:४१)। पापमा पर्ने परीक्षाप्रति सजग हुनुभएन भने, तपाईंले त्यसको विरुद्धमा प्रार्थना गर्नुहुने छैन अनि अन्त्यमा तपाईं पापद्वारा पराजित हुनुहुनेछ। तपाईंको विरुद्धमा शत्रुसँग भएको सबैभन्दा प्रभावकारी हतियार तपाईं नै हो। तपाईंको पुरानो स्वभाव दिनहुँ क्रुसमा टाँगिनुपर्छ, अनि त्यसो गर्ने उपाय भनेको प्रार्थना नै हो।
३) आफ्नो मनमा परमेश्वरको वचन भर्नुहोस्। येशूले भन्नुभयो, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’ (मत्ती ४:४)। उजाडस्थानमा शैतानले तीन पटकसम्म येशूलाई परीक्षमा पार्न खोज्यो, अनि प्रत्येक पटक येशूले ‘लेखिएको छ’ (पद ४, ७, १०) भन्दै जवाफ दिनुभयो। तेस्रो पटकको प्रयासपछि, शैतानले हार खायो र उहाँलाई छोडेर गयो, किन होला ? किनकि तपाईंलाई परमेश्वरको वचन थाहा छ र तपाईं त्यसमाथि खडा हुनुहुन्छ भने, तपाईंको विरुद्धमा शैतान टिक्न सक्दैन। यसकारण तपाईंको ‘लेखिएको छ’ भन्ने कवच तयार राख्नुहोस्। शैतानको आक्रमण आउन अघि नै आफूलाई परमेश्वरको वचनमा निर्माण गर्नुहोस्।
आत्मिक भोजनः एफिसी १:१–४:१६,मत्ती २५:३१–४६, भजन ७९, हितोपदेश १७:२४–२६





















Discussion about this post