शनिवार, जुलाई २, असार १८
‘मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ।’ —यूहन्ना १५:५
हामीसँग पर्याप्त इच्छशक्ति भयो भने हामी आफूले सामना गर्ने सबै परीक्षाको सामना गर्न सक्छौँ भन्ने हामी ठान्छौँ। कहिले कही यसले काम गर्छ। तथापि यहाँ एउटा समस्या छ। सबै कुरा ठिकठाक चलिरहेको समयमा त इच्छाशक्ति तपाईंको उत्तम मित्र हो, तर तपाईं थकित बन्नुभएपछि तपाईंलाई छोडेर जाने प्रायः पहिलो मित्र पनि यही हो। जब तपाईं कुनै काम गर्न चाहनुहुन्न, तब तपाईंको सांसारिक मनले तपाईंले किन त्यो काम गर्नु पर्दैन भन्ने बारेमा तपाईंलाई धेरै कारण दिनेछ। तपाईंका भावनाहरू पनि यसो भन्दै सहभागी हुनेछन्, ‘म पनि सहमत छु, किनकि मलाई यो काम गर्न मन लागिरहेको छैन।’ तपाईंको मन, इच्छा र भावनाले तपाईंको जीवनलाई निर्देशन गर्न चाहन्छन्। तर तपार्ईं परमेश्वरका आत्माद्वारा निर्देशित हुनुपर्छ भनी बाइबलले बताउँछ। ‘पवित्र आत्मामा हिँड (नियमित रूपमा) (आत्माप्रति प्रतिकृया जनाउँदै, आत्माद्वारा नियन्त्रित र निर्देशित हुँदै) र तिमीहरूले पाप स्वभावका अभिलाषाहरू पूरा गर्नु नपरोस्’ (गलाती ५:१६)। एक सफल जीवनका लागि इच्छाशक्ति र अनुशासन आवश्यक छन्, तर इच्छाशक्ति मात्रै पर्याप्त हुँदैन। दृढताले तपाईंलाई सुरुगर्न र केही समयको लागि लागिपर्न सहायता गर्न सक्छ, तर तपाईंलाई अन्त्यसम्म डोर्याउन यो कहिल्यै पर्याप्त हुँदैन। “नता बलले न शक्तिले, तर मेरो आत्माले,” सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ’ (जकरिया ४:६)। सुरुमा इच्छा शक्तितर्फ फर्कनुको सट्टा तपाईं परमेश्वरतर्फ फर्कनुभयो भने के हुन्छ ? उहाँले आफ्नो शक्ति तपाईंको इच्छाशक्तिमा मिसाइदिनुहुन्छ अनि तपाईंलाई अन्त्यसम्म टिकिरहने शक्ति दिनुहुन्छ। त्यसप्रकार तपाईंको सफलताको निम्ति इच्छाशक्तिले नभएर परमेश्वरले महिमा पाउनुहुन्छ। त्यसैकारण त येशूले भन्नुभयो, ‘मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ।’। यदि तपाईं येशूले मृत्यु वरण गरेर तपाईंलाई दिन चाहनुभएको जीवनको आनन्द पाउन चाहनुहुन्छ भने, तपाईंले सिक्नुपर्ने सबैभन्दा कठिन र महत्वपूर्ण शिक्षा यही हो।
आत्मिक भोजनः १ शमूएल १६–१७, मत्ती २४: १५–२५, भजन १०२: १२–१७, हितोपदेश १७: ७–१०
Discussion about this post