मंगलवार, जुन २८, असार १४
‘विवेकी मानिसले आफ्नो दृष्टिमा बुद्धि राख्छ, तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ।’ —हितोपदेश १७:२४
सफल मानिसहरूमा एउटा कुरा साझा हुन्छः तिनीहरूले त्यो काम गर्ने आदत विकास गरेका हुन्छन् जुन काम असफल मानिसहरूले गर्न चाहँदैनन्। हामी सबै जना अझै धेरै रुपैयाँपैसा चाहन्छाँै, तर हामीे सबै जना अझै धेरै काम गर्न तयार हुँदैनाँै। हामी सबै जना स्वस्थ र सुगठित शरीर चाहन्छाँै, तर हामी सबै जना उचित खानपान र दैनिक शारीरिक व्यायम गर्न तयार हुँदैनाँै। प्रतिबद्धता र स्थिरताद्वारा नै सफलता प्राप्त गर्न सकिन्छ। प्रतिबद्धताबिना तपाईंले कहिल्यै सुरु गर्नुहुनेछैन, अनि स्थिरताबिना तपाईंले कहिल्यै पूरा गर्नुहुनेछैन। सुरुआत गर्नु सबैभन्दा कठिन भाग हो, कारण सुरुआत नगर्न हामीसँग त्यति धेरै बहानाहरू हुन्छन्। यसकारणः
१) सानो रूपमा सुरु गर्नुहोस्। पहिलो कदम उठाउनुहोस्। पहिलो कदम नउठाई तपाईंले दोस्रो कदम उठाउन सक्नुहुन्न। तपाईंको जीवनलाई प्राथमिकतामा राख्नेतर्पm पहिलो कदम उठाउनाले तपाईंलाई सही दिशातर्पm केन्द्रित गराउँछ। तर आवश्यक सबै कुरा तत्कालै बुझिन्छ भन्ने आशाचाहिँ नगर्नुहोस्। ‘विश्वासद्वारा अब्राहाम…गए…यद्यपि उनी कतातिर गइरहेका थिए, त्यो उनलाई थाहा थिएन’ (हिब्रू ११:८)। तपाईंले हिँड्न सुरु गर्नुभएपछि परमेश्वरले तपाईंलाई मार्गदर्शन गर्नुहुनेछ, यसकारण ‘हिँड्दैगर्दा तपाईंले बुझ्दै जानुहुनेछ’।
२) आफैबाट सुरु गर्नुहोस्। मानिसहरूले तपाईंप्रति फरक तरिकाले व्यवहार गरून् भन्ने चाहनुहुन्छ भने, तिनीहरूले प्रतिकृया जनाउन सकून् भनी तिनीहरूलाई फरक धारणा र व्यवहार उपलब्ध गराउनुहोस्।
३) चाँडै सुरु गर्नुहोस्। कसैले यसो भनेकाछन्, ‘नोआले कुनै जहाज आऊला भनी पर्खिबसेनन्, उनले आफै जहाज बनाए।’ कठिन काम भनेको अरू केही नभएर तपाईंले गर्नु पर्ने तर समयमै नगर्नुभएर थुप्रिएका कामहरू हुन्। सत्य के हो भने, त्यसरी काम पछिको लागि थाति राख्न बन्द गर्नुभएपछि त्यो काम त्यति कठिन देखिँदैन।
४) अहिल्यै सुरु गर्नुहोस्। तपाईंले केलाई पर्खिरहनुभएको छ ? तपाईंले पढाइलेखाइ नसिध्याउनुभएसम्म, विवाह नगर्नुभएसम्म, बालबच्चा नजन्माउनुभएसम्म, छोराछोरीले घर छोडेर नगएसम्म, तपाईंले अवकास नलिनुभएसम्म, वा तपाईंको मृत्यु नभएसम्म ? तपाईंले धेरै लामो समयसम्म पर्खिरहनुभयो भने, तपाईंसँग एउटा मात्रै पछुतो बाँकी रहनेछ— तपाईंले अहिल्यै सुरु गर्नुभएन भन्ने पछुतो।
आत्मिक भोजनः १ शमुएल ४–७, मत्ती २३:१–१२, भजन ६४, हितोपदेश १६: २६–३०
Discussion about this post