आइतवार, जुन २६, असार १२
‘तिमीहरूका भित्री हृदयलाई…सजाओ ।’ —१ पत्रुस ३:४
बेलायतकी राजकुमारी डायनालाई विश्वकै सबैभन्दा सुन्दर स्त्रीहरूमध्ये एक मानिन्थ्यो। तथापि तिनले आफूलाई ऐनामा हेर्दा आफैलाई मन पराउँदिन थिइन्। त्यसले गर्दा तिनलाई बुलिमिया नामको रोग लाग्यो, जसमा खाना खान मन लाग्दैन र आफैप्रति घृणा लाग्छ। सुन्दरता बारेको यस्तो भ्रमक विचारले हामीमध्ये धेरैमा अयोग्यता र हीनताको भावले ग्रसित छौ। समस्या के हो भने, हामीले गलत ऐनामा हेरिरहेका छौं। शारीरिक रूपमा चुस्तदुरुस्त रहनु र आफूलाई सुहाउने तरिकाले पोशाक पहिरनु असल कुरा हो। तर तपाईंले आफ्नो शारीरिक रूपमा आफ्नो मूल्यलाई आधारित गर्नुचाहिँ खराब कुरा हो। किन त ? किनकि त्यसोगर्दा तपाईंले प्रकृति र समयको विरुद्धमा संघर्ष गरिरहनुभएको हुन्छः समय बित्दैजाँदा तपाईंको शारीरिक रूप र सौन्दर्यमा ह्रास आइरहेको हुन्छ। यस सन्दर्भमा तपाईंले मनन गर्नुपर्ने धर्मशास्त्रका तीनओटा पदहरू यहाँ छन्ः
१) ‘सुँगुरको नाकमा सुनको नत्थ भएझैँ एक विवेकहीन् सुन्दरी स्त्री पनि हो’ (हितोपदेश ११:२२) । यो पदलाई यसरी पनि भन्न सकिन्छः ‘सुन्दर कामले सुन्दरता जनाउँछ ।’
२) ‘आकर्षण भ्रमात्मक हुन्छ, र सुन्दरता उडिजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ’ (हितोपदेश ३१:३०) । यो पदलाई यसरी भन्न सकिन्छः ‘सुन्दरताले ध्यान खिच्न सक्ला, तर चरित्रले मात्र इज्जत दिलाउँछ ।’
३) ‘तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान् छ’ (१ पत्रुस ३:४) । यो पदलाई यसरी भन्न सकिन्छः ‘परमेश्वरले भिन्न तरिकाले मूल्याङ्कन गर्नुहुन्छ । उहाँको निम्ति सुन्दरता एक भित्री कुरा हो ।’ अनि यहाँ अर्को एउटा विचार पनि छः तपाईंले कसरी आफैसँग व्यवहार गर्नुहुन्छ भन्ने आधारमा मानिसहरूले तपाईंसँग व्यवहार गर्नेछन् । यसकारण, परमेश्वरले तपाईंभित्र राखिदिनुभएको सुन्दरतालाई तपाईंले कदर गर्न सुरु गर्नुभएपछि, अरूहरूले पनि त्यसलाई कदर गर्न सुरु गर्नेछन् ।
आत्मिक भोजनः चमक प्रस्थान ३४: २९–३५, मर्कुस ९: २–२७, २ कोरिन्थी ३: ७–१८
Discussion about this post