शनिवार, जुन २५, असार ११
‘तिमीहरूको उदारताको निम्ति प्रत्येक कुरामा तिमीहरू धनी तुल्याइनेछौ ।’ —२ कोरिन्थी ९:११
जब तपाईं ‘तपाईंको राज्य आओस्, यस पृथ्वीमा तपाईंको इच्छा पूरा होस्’ (मत्ती ६:१०) भन्ने प्रभुको प्रार्थना पूरा गर्न आर्थिक सहयोग गर्नुहुन्छ, तब तपाईंलाई खाँचो पर्दा तपाईंले हरेक थोक पाउनु हुनेछ भन्ने कुरा परमेश्वरले सुनिश्चित गर्नुहुनेछ। यो उहाँले दिनुभएको निश्चयता हो, र यसले दिने बारेमा तपाईंका डरहरूलाई अवश्य हटाउनु पर्छ। वास्तवमा, दिने कुराको बारेमा तपाईंले चिन्ता गर्नुपर्ने कुरा एउटा मात्रै छः कि तपाईंले दिन यति धेरै गाह्रो मान्नुभएको छ कि परमेश्वरले तपाईंको आर्थिक कुरामा अब चासो लिन छोड्नुभएको छ। परमेश्वरको प्रेम कमाउन वा त्यसको योग्य बन्न तपाईंले गर्नसक्नुहुने कुरा केही पनि छैन, तर यदि तपाईं उहाँको आशिष्मा हिँड्न चाहनुहुन्छ भने, तपाईंले विश्वासलाई सकृय पार्नु पर्छ र उहाँका निर्देशनहरू पालन गर्नुपर्छ। यसकारण, तपाईंले आफैलाई गर्नुपर्ने प्रश्न यहाँ छः ‘मेरा खाँचोहरू पूर गर्न को बढी सक्षम होला, परमेश्वर कि म ?’ यदि तपाईं परमेश्वरप्रति उदार–चित्तको हुनुभयो भने, तपाईं त्यसरी नै उदार–चित्तको भइरहन सक्नुहोस् भनेर उहाँले तपाईंलाई प्रशस्ततामा राखिरहनुहुनेछ। तर सर्वप्रथम त तपाईंले उहाँको राज्यमा लगानी गरेको उहाँ चाहनुहुन्छ— तपाईंले उहाँबाट चाहनुभएको कुरा पाउन नभएर तपाईंले आफ्नै इच्छाभन्दा उहाँका अनन्त उद्देश्यहरूलाई बढी मूल्यवान् ठान्नुभएको कारण। के तपाईं विश्वासमा कदम बढाउन अनि परमेश्वरलाई आफ्ना आर्थिक कुरामा सहभागी बन्न निम्त्याएर कटनीको नियमबाट लाभ लिन तयार हुनुहुन्छ? रुपैयाँपैसाले हामीलाई सुरक्षा दिन्छ भन्ने हामी ठान्छौँ। यसकारण, हामीले परमेश्वरको निम्ति खोलिदिने अन्तिम ढोका प्रायः रुपैयाँपैसा नै हुन्छ। तर यदि तपाईं आर्थिक रूपमा सुरक्षित हुन चाहनुहुन्छ भने, जतिसक्दो चाँडो आफ्ना आर्थिक कुरामा परमेश्वरलाई संलग्न गराउनुहोस् । जति चाँडो तपाईंले बिउ छर्न सुरु गर्नुहुन्छ, त्यत्ति नै चाँडो तपाईंले फसल कटनी गर्न सुरु गर्नुहुनेछ। अनि जब त्यसो हुन्छ, तब तपाईं पहिले गर्नुभएको जस्तो तरिकाले अबदेखि तपाईंले कुनै कुरा गर्नुहुने छैन ।
आत्मिक भोजनः श्रेष्ठगीत ५–८, मत्ती २२: २३–३३, भजन ५९: १–८, हितोपदेश १६: २०–२२
Discussion about this post