शुक्रवार, जुन २४, असार १०
‘बुद्धिमान्लाई अर्ती दे, र त्यो झन् बुद्धिमान् हुनेछ ।’ —हितोपदेश ९:९
परमेश्वरले तपाईंलाई चाहे मण्डलीमा, व्यापारमा, वा घरमा अगुवा बन्नको लागि बोलाउनुभएको भए तापनि, तपाईंले सधैँ पालन गर्नुपर्ने दुईओटा महत्वपूर्ण सिद्धान्तहरू यहाँ छन्ः
१) तपाईंलाई वृद्धि गराउने मनिसहरू खोज्नुहोस् । सोलोमनले भनेका छन्, ‘बुद्धिमान्लाई अर्ती दे, र त्यो झन् बुद्धिमान् हुनेछ ।’ तपाईंले आफ्नो समय बिताउन र आफ्ना विचारहरू बाँडचुँड गर्न चुन्नुभएका मानिसहरूलाई हेरेर तपाईंको जीवन कतातिर गइरहेको छ भन्ने कुरा तपाईंले बताउन सक्नुहुन्छ । तिनीहरूका मूल्य–मान्यताहरू तथा प्राथमिकताहरूले तपाईंले कसरी सोच्नुहुन्छ र काम गर्नुहुन्छ भन्ने कुरालाई प्रभाव पार्दछन् । यदि तिनीहरू सकारात्मक र वृद्धि हुनेबारेमा प्रतिबद्ध छन् भने, तिनीहरूका मूल्य–मान्यता तथा प्राथमिकताहरूले तपाईंलाई प्रोत्साहन दिनेछन् अनि वृद्धि हुने तपाईंको चाहनालाई बलियो बनाउनेछन् । तिनीहरूको वृद्धिको स्तरमा तपाईंभन्दा अगाडि रहेका मानिसहरूको साथमा रहनु सधैँभरि सजिलो त हुँदैन, तर यो सधैँभरि लाभदायी हुन्छ । यसकारण तपाईंलाई वृद्धि गराउने मानिसहरूसँग सम्बन्ध स्थापित गर्न प्रयत्न गर्नुहोस् । साथै, तपाईंले के पाउन सक्नुहुन्छ भन्ने मात्र नसोच्नुहोस्; आफूले पनि केही योगदान गर्नुहोस् । याद राख्नुहोस्, यो सम्बन्धलाई तपाईंले सबैलाई लाभ हुने सम्बन्ध बनाउनु पर्छ, नत्र यो टिक्न सक्दैन ।
२) कतिपय कुराहरूमा लेनदेन हुन्छ भन्ने कुरा बुझ्नुहोस् । जिम्मेवारीहरू बढेसँगै अधिकारहरू घट्दछन् । सफलतासँगसँगै प्रायः लाभ र सुविधाहरू पनि बढ्दै जाने संसारमा यस्तो सफलताको सिँढी चढ्दैजाँदा आउने जिम्मेवारीका बारेमा कहिले कहीँ खासै विचार गरिँदैन । अमेरिकी लगानीकर्ता तथा समाजसेवी जोन डी. रकेफेलर
जुनियरले एक पटक भनेझैँ, ‘प्रत्येक अधिकारले जिम्मेवारी पनि छ भन्ने कुरा जनाउँछ;
प्रत्येक अवसरले बाध्यता, अनि प्रत्येक सम्पत्तिले कर्तव्य बोध गराउँछ ।’ अगुवापनको
अन्तिम निष्कर्षलाई येशूले यी शब्दमा व्यक्त गर्नुभएको छः ‘प्रत्येक जसलाई धेरै दिइएको
छ, त्यसबाट धेरै मागिनेछ, र हरेक जसलाई धेरै सुम्पिएको छ, त्यसबाट अझ बढ़ी
लिइनेछ’ (लूका १२:४८) ।
आत्मिक भोजनः श्रेष्ठगीत १–४, मत्ती २२: १५–२२, भजन २१, हितोपदेश १६: १६–१९
Discussion about this post