• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 25, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परमेश्वरलाई धन्यवाद प्रार्थना कार्यक्रम सम्पन्न

by Sarju Rijal
June 20, 2016
in News & Events

Thanksgiving_fncn२०७३ असार ५ गते
काठमाडौं,
राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालद्वारा गत जेठ २७ गते दोलखा चरिकोटको घटनामा दुःख व्यहोर्नुभएका ख्रीष्टियजनहरु बनिता डंगोल, बालकृष्ण राई, फिलिप तामाङ, किरण दाहाल, भीमबहादुर तिवारी, प्रकाश प्रधान, विमल शाहीलाई र पाष्टर शक्ति पाख्रीन असार ३ गते रिहाई हुनुभएकोमा परमेश्वरलाई धन्यवाद प्रार्थना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अतिथिको रुपमा मञ्चमा माथ उल्लेखितजनहरुलाई महासंघका पदाधिकारी एवं सल्लाहकारज्यूहरुले फूलगुच्छा र खादा ओढाएर स्वागत गर्नुभएको थियो । होसन्ना समूहद्वारा स्तुती प्रशंसामा अगुवाई गर्दै कार्यक्रमको शुरुवात भएको थियो भने स्वागत मन्तव्य सह–अध्यक्ष डा. फिलेमोन क्षेत्रीज्यूले दिनुभयो । वचनको प्रार्थना विशप डा. नारायण शर्माज्यूले गर्दै वचनको भागलाई रेभ. डा. मंगलमान महर्जनज्यूले सम्हाल्नुभएको थियो । महासचिव सि.बि. गहतराजज्यूले ख्रीष्टियन समुदायमाथि राज्यले गरेको अन्याय र यसबाट छुटकारा पाउनको निमित्त ख्रीष्टियन महासंघले गरेको पहलकदमीको बारेमा चर्चा गर्दै वहाँले खीष्टियन समुदायलाई निश्चिन्त भई आफ्ना धार्मिक अभ्यासहरु जारी राख्न प्रोत्साहन गर्दै भन्नुभयो, “यदि परमेश्वरको काममा कसैले बाधा पुर्‍याउँछ वा धरपकड गरी सजायको भागीदार बनाउँन खोज्छ भने महासंघ सदैव त्यसको कडा प्रतिकार गर्नेछ र सारा समुदायको ढाल बनेर खडा हुनेछ र आफू मरेर भए पनि समुदायलाई जीवित राख्नेछ ।” वहाँले सर्वप्रथम सफलताको सारा श्रेया परमेश्वरलाई दिँदै समग्र ख्रीष्टियन समुदायको सामुहिक प्रयासबाट सफलता हासिल भएको कुरा बताउँनुभयो । कार्यक्रममा दुःख भोग्नुभएका सम्पूर्ण ख्रीष्टियजनहरुले आफ्नो अनुभव बताउने क्रममा जेलभित्रका तीता मिठा अनुभवहरुसँगसँगै त्यहाँभित्र रहेर पनि वहाँहरुले कसरी परमेश्वरको काम गर्नुभयो सो कुरा बताउँदै परमेश्वर एवं वहाँहरुको पक्षमा अहोरात्र खटेर वहाँहरुलाई विजयी गराउँनुहुने सम्पूर्ण ख्रीष्टियन समुदायलाई धन्यवाद दिदैँ फैसला अझै नटुङ्गिएकोले निरन्तर प्रार्थना गरिदिनुहुन आग्रह गर्नुभयो । दोलखा जिल्लाका अग्रज पाष्टर ज्ञान बहादुर सुनुवार एवं पा. भरत खड्काज्यूले पनि आफूले यी दिनहरुमा व्यहोरेको मानसिक एवं शारिरीक तनावहरु आफ्नो अनुभवमा बताउँनुभयो । कार्यक्रमको धन्यवाद एवं समापन मन्तव्यका क्रममा का.बा. अध्यक्ष रिता थापामगरज्यूले जस्तोसुकै परिस्थितिमा पनि हामी ख्रीष्टियन समुदायहरु एकजुट भई अघि बढेमा परमेश्वरले सधैँ हामीलाई विजयी गराउँनुहुने कुरा व्यक्त गर्नुभयो । कार्यक्रमको अन्तिम प्रार्थना पा. वर्णवास श्रेष्ठज्यूले गर्नुभयो भने कार्यक्रम सञ्चालनको जिम्मा सचिव भविन्द्र राईज्यूले लिनुभएको थियो । कार्यक्रममा होसन्ना समूहले सांगीतिक माहोल तयार गरेको थियो भने गायिका धनुषा घलेज्यूले आफ्नो गीत प्रस्तुत गर्नुभएको थियो ।

Photo courtesy FNCN
Photo courtesy FNCN

 

 

 

 

 

 

 

 

 

Photo courtesy fncn
Photo courtesy fncn

 

 

 

 

 

 

 

 

 

 

Photo courtesy Kumar Sing Bista
Photo courtesy Kumar Sing Bista

 

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In