बुधवार, जुन २२, असार ८
‘परमेश्वरमा पक्षपात छैन ।’ —प्रेरित १०:३४
हामीमध्ये धेरै जना प्रार्थना सभामा यसो भन्ने एक जना महिलाजस्तै छौं, ‘म सबै जनालाई प्रेम गर्छु ।’ समस्या के छ भने, तिनले आफ्ना आँखा बन्द गरेकी थिइन् ! भेदभावले हामीलाई हामी हुर्कंदै गर्ने क्रममा सुनेका विचारहरू र पूर्वाग्रहहरूलाई तथा साँघुरो सोच भएका मानिसहरूले बोलेका कुराहरूलाई कुनै प्रश्न नगरी स्वीकार गर्ने बनाउँछ। हामी रोकिएर, ‘के यो उचित छ ?’ भनेर सोध्दैनौ। अथवा अझ महत्वपूर्ण रूपमा, ‘के यसले ख्रीष्टको गुण झल्काउँछ’ भनेर सोध्दैनौँ। भेदभावले मानिसहरूलाई तिनीहरूको रंङ, लिङ्ग, आर्थिक हैसियत, मण्डली सम्प्रदाय, वा तिनीहरूको जन्मको परिस्थितिको आधारमा दोस्रो दर्जाको नागरिकको हैसियतमा झार्दछ । कहिले कहीँ हाम्रा पूर्वाग्रहहरू यसरी गडिएर रहेका हुन्छन् कि हामीले आफैँमा तिनीहरूलाई देख्न सक्दैनौ र तिनीहरूको सामना गर्दा हामीले रिसमा प्रतिकृया जनाउँछौं । तर परमेश्वरले हामीलाई त्यतिकै छाड्नुहुन्न भेदभावको पापको बारेमा पावलले पत्रुसलाई यसरी चुनौती दिए, हो मण्डलीका भविष्यका अगुवा तिनै पत्रुसलाईः ‘उनले (पत्रुसले) अन्यजातिहरूका साथमा खाने गर्दथे । तर जब तिनीहरू (यहूदीहरू) आइपुगे तब उनी अन्यजातिहरूबाट पछि हटेर अलग भए, किनकि उनी खतनाका दलदेखि डराएका थिए’ (गलाती २:१२) । पत्रुससँग अरू असल गुणहरू थिए भन्दैमा पावलले तिनलाई छुट दिएनन् । होइन, तिनको व्यवहारले मानिसहरूलाई चोट पु¥याइरहेको थियो अनि यसले मण्डलीको छवीलाई नकारात्मक रूपमा प्रस्तुत गरिरहेको थियो । बाइबलबाट सबैभन्दा बढी उद्धरण गरिएको पद होः ‘किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो ताकि उसमाथि विश्वास गर्ने प्रत्येक कहिल्यै नष्ट नहोस् तर त्यसले अनन्त जीवन पाओस्’ (यूहन्ना ३:१६) । ‘विश्वास गर्ने प्रत्येक’ भन्ने शब्दहरूमा ध्यान दिनुहोस् । यसको अर्थ हुन्छ, क्रुसको फेदीमा हामी सबै जना बराबर छाँै । त्यहाँ परमेश्वरले कुनै भेदभाव गर्नुहुन्न । अनि तपाईंले अरू कसैको जीवनमा भएको पूर्वाग्रहको सामना गर्न सक्षम हुनुभन्दा पहिले तपाईंले आफ्नै जीवनमा भएको पूर्वाग्रहको सामना गर्नुपर्छ । त्यसैकारण, आफ्ना लुकेका पूर्वाग्रहहरू स्वीकार गर्नुहोस् र तिनीहरूको सामना गर्नुहोस् ।
आत्मिक भोजनः २ कोरिन्थी ९:१–११:१५, मत्ती २१:३३–४६, भजन ८, हितोपदेश १६: ८–११
Discussion about this post