सोमवार, जुन २०, असार ६
‘तिमीहरूका छोराछोरीहरू परमप्रभुबाट सिकाइनेछन् ।’ —यशैया ५४:१३
बालबालिकाहरू दुई प्रकारका हुन्छन् । पहिलो प्रकारका आज्ञाकारी हुन्छन्— तिनीहरू जन्मेको दुई हप्तादेखि नै रातभरि सुत्छन्। तिनीहरू आफ्ना हजुरबुबाहजुरआमाहरूसँग रमाएर खेल्छन्, तिनीहरूका लुगाफाटा फेरिदिँदा मुस्कुराउँछन्। पसलतिर वा डाक्टरकहाँ जाँदा तिनीहरू कहिल्यै बिरामी भएर दुःख दिँदैनन्। हुर्कंदैजाँदा तिनीहरूले आफ्नो कोठा सफासुग्घर राख्न मन पराउँछन्, अनि कर नलगाए तापनि आफ्नो गृहकार्य असल तरिकाले गर्छन्।
त्यसैगरी, अटेरी अर्थात ‘बलियो इच्छा–शक्ति भएका’ बालबालिकाहरू पनि हुन्छन्। तिनीहरूले जन्मनुभन्दा धेरै पहिलेदेखि नै आफ्नी आमाको ध्यान खिच्न सुरु गरिसकेका हुन्छन्— आफ्नी आमाको गर्भमा छँदै खुट्टा चलाएर। सुत्केरी कोठाको तापक्रमको बारेमा चिच्याउँदै, अनि त्यहाँ नर्सको काम गर्ने कर्मचारीको असक्षमताको बारेमा गुनासो गर्दै तिनीहरू यस संसारमा प्रवेश गर्छन्। लगभग अठार महिनादेखि तिनीहरूले नियन्त्रण गर्न थाल्छन् र के गर्नु पर्ने हो भन्ने बारेमा सबैलाई अह्राउन थाल्छन् । तिनीहरूको प्रिय शब्द हुन्न र नाइँ हुनपुग्छ ! आज्ञाकारी बालबालिकाहरू हुर्काउनु त धेरै सजिलो हुन्छ, तर अटेरी बालबालिकाहरू पनि असल हुन सक्छन् । त्यसको रहस्य भनेको चाहिँ तिनीहरूको मन नतोडिकन सुरुका वर्षहरूमा तिनीहरूको बलियो इच्छा–शक्तिलाई आकार दिनु हो। सीमाहरू स्पष्ट रूपमा निर्धारण गरेर अनि प्रेमिलो तर दह्रिलो रूपमा तिनलाई लागु गरेर यो काम गर्न सकिन्छ। एक सुव्यवस्थित वातावरणमा बलिया बालबालिकाहरूले समेत सुरक्षाको अनुभव गर्छन् जहाँ अरू मानिसहरूका साथसाथै तिनीहरूका अधिकार पनि सुरक्षित गरिएका हुन्छन्। यो कुरालाई सही तरिकाले लागु गरिएमा, स्वतन्त्र इच्छामा जिउन चाहने बालबालिकाले समेत जिम्मेवार तथा अनुशासित बन्न सिक्न सक्छ। अनि परमेश्वरले पनि तपाईंसँगै काम गर्नुहुनेछ। उहाँले प्रतिज्ञा गर्नुभएको छः ‘तिमीहरूका छोराछोरीहरू परमप्रभुबाट सिकाइनेछन्। तिनीहरूलाई ठूलो शान्ति मिल्नेछ।’
आत्मिक भोजनः २ कोरिन्थि १–४, मत्ती २१: १–१७, भजन १४४: १–८, हितोपदेश १६: १–३
Discussion about this post