पिता दिवस – आइतवार, जुन १९, असार ५
‘बाबु हो…तिनीहरूलाई परमप्रभुको अनुशासन र शिक्षामा हुर्काओ ।’ —एफिसी ६:४
पिता हो, तपाईंका छोराछोरीहरूको यस्तो पिता पाउने हक छ जसले उनीहरूको सामु एउटा ख्रीष्टियन जीवनको नमूना स्थापित गर्छन्, उनीहरूलाई परमेश्वरको वचनको सत्यता सिकाउँछन्, अनि उनीहरूलाई अनन्त जीवनको उपहार कसरी प्राप्त गर्ने भन्ने सिकाउँछन् । अनि यो सम्भव छ कि तपाईंले आफ्नो जीवन येशू ख्रीष्टमा समर्पित गर्नुभएपछि तपाईंको परिवारमा यो सुन्दर परम्परा सुरु हुनेछ । लेखक तथा बाइबल शिक्षक गोर्डन म्याक्डोनाल्डले लेखेका छन्ः ‘मध्य युगमा एउटा निर्माण परियोजनामा काम गरिरहेका तीन जना डकर्मीलाई तिनीहरूले के गरिरहेका थिए भनी एक जना सुपरीवेक्षकले सोधेको बारेमा एउटा किंवदन्ती छ । उसले इँटाहरू लगाउँदै थियो भनी पहिलो डकर्मीले भन्यो । दोस्रोले चाहिँ एउटा पर्खाल बनइरहेको छु भन्यो । तर तेस्रोले यसो भन्दै आफ्नो कामको बारेमा साँचो आदर देखायो, “मैले एउटा ठूलो मन्दिर बनाउँदैछु ।” त्यही प्रश्न कुनै दुई जना बाबुहरूलाई सोध्नुहोस् त, तपाईंले त्यही प्रकारको भिन्नता पाउने सम्भावना रहन्छ । पहिलोले भन्न सक्छ, “म एउटा परिवारको भार उठाइरहेको छु ।” तर दोस्रोले यही कुरालाई फरक तरिकाले हेर्न र यसो भन्न सक्छ, “म सन्तानहरू हुर्काइरहेको छु ।” पहिलो बाबुले आफ्नो कामलाई भोजन जुटाइदिने कामको रूपमा मात्र हेर्छ । तर दोस्रोले चाहिँ आफ्नो जिम्मेवारीलाई परमेश्वरको दृष्टिकोणबाट हेर्छ— उसले जीवनहरूलाई आकार दिने काम गरिरहेको छ भन्ने कुरा उसले बुझेको छ ।’ महान् बाइबल शिक्षक आर. ए. टोरेले एक पटक यस्तो टिप्पणी गरे, ‘उसका नातिनातिनाहरूको जीवन कस्तो हुन्छ भन्ने कुरा नदेखेसम्म एक ख्रीष्टियन अगुवाको रूपमा कुनै मानिसको सफलताको मूल्याङ्कन गर्न सकिँदैन ।’ पिता हो, त्यसको बारेमा विचार गर्नुहोस्— तपाईंहरूले छोराछोरीहरूमात्र हुर्काइरहनुभएको छैन, तपाईंहरूले भविष्यका आमा र बुबाहरू हुर्काइरहनुभएको छ । आज तपाईंले ती जीवनहरूलाई आकार दिइरहनुभएको छ जसले भोलि आउँदा पुस्ताहरूको जीवनलाई आकार दिनेछन् । अनि सफल बन्नको निम्ति तपाईंले एक हातले परमेश्वरलाई अनि अर्को हातले आफ्ना सन्तानलाई पक्रनु पर्छ÷परमेश्वर र आफ्ना सन्तानलाई सँगसँगै लानु पर्छ ।
आत्मिक भोजनः साहसपुर्वक राजाको सामु एस्तर ४: ९–५:३, हिबु्र ४: ७–१६
Discussion about this post