शनिवार, जुन १८, असार ४
‘आफ्नै मित्रलाई नत्याग् ।’ —हितोपदेश २७:१०
तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनका ‘हितैषी’ चक कोल्सनलाई वाटरगेट काण्डलाई गुपचुप राख्नमा उनको भूमिकाको लागि जेल चलान गरियो । उक्त काण्डमा राष्ट्रपतिको कार्यालयको जानकारीमै कतिपय अधिकारीहरूले कागजातहरू गायब पार्न हस्तक्षेप गरेको कुरा आएको थियो । पछि गएर उनले नयाँ जन्म नामको पुस्तक लेखे जसमा उनले आपूmलाई जेलमुक्त भएको लगत्तै एउटा विश्वविद्यालयमा बोल्न निम्त्याइएको विषयमा उल्लेख गरेका छन् । त्यो समयसम्म पनि उक्त काण्डमा संलग्न व्यक्तिहरूका विरुद्धमा र त्यसमा पनि विशेष्गरी रिचार्ड निक्सनको विरुद्धमा आम मानिसका माझमा ठूलो घृणाको भाव थियो । कोल्सनलाई लगातार प्रश्नमाथि प्रश्न गरिँदै थियो, अनि त्यहाँ उपस्थित विद्यार्थीहरू उनीप्रति आक्रामक हुँदै गइरहेका थिए । एक जनाले उठेर हेनरी किसिंजरले रिचार्ड निक्सनको बारेमा गरेको आलोचनाको कुरा उठायो । उसले सोध्यो, ‘श्रीमान् कोल्सन, के तपाईं यो आलोचनासँग सहमत हुनुहुन्छ ?’ कोल्सोनले भनेका छन्, उनले त्यो कोठा यसो निरीक्षण गरेपछि थाहापाइहाले कि प्रत्येक व्यक्ति उनको कुरा सुन्न एकदमै उत्सुक थियो । तब उनले यस्तो जवाफ दिएः ‘निक्सनका नकारात्मक गुणहरूका बारेमा हामी सबैलाई थाहा छ । उनलाई संचार माध्यमहरूमा इतिहासमै सबैभन्दा बढी विश्लेषण गरिएको छ । उनको बारेमा म तपाईंहरूलाई असल कुराहरू बताउन सक्छु, तर तपाईंहरूले ती कुरा स्वीकार गर्नुहुन्छ जस्तो मलाई लाग्दैन । तर भन्नु नै पर्दा, म हेनरी किसिंजरको टिप्पणीसँग सहमत छैन। निक्सन मेरा मित्र हुन्, अनि म आफ्ना मित्रहरूलाई त्याग्दिनँ ।’ कोल्सनले भनेका छन्, एक छिन त उनलाई छाना नै खस्ला जस्तै लाग्यो, र एक प्रकारले त्यस्तै भयो पनि, तर उनले सोचे जस्तो प्रकारले त होइन। एक छिन शान्ति छायो, अनि सबैले उठेर उनको समर्थनमा ताली बजाए। कारण के थियो होला ? अत्यन्तै रिसाएका विद्यार्थीहरूले समेत एक मित्रप्रतिको वफादारितालाई आदर गरे। यदि तपाईं आफ्ना सच्चा मित्रहरू को रहेछन् भनी जान्न चाहनुहुन्छ भने, एउटा गल्ती गर्नुहोस् त! तपाईंले आफ्ना मित्र ठान्नुभएका धेरै जनाले डुब्दै गरेको जहाजलाई मुसाहरूले त्यागेझैँ तपाईंलाई त्याग्नेछन्। त्यसैकारण त बाइबलले भन्दछ, ‘आफ्नै मित्रलाई नत्याग्।’
आत्मिक भोजनः इजकिएल ४६–४८, मत्ती २०: २९–३४, भजन १३९: १३–२४, हितोपदेश १५: ३१–३३
Discussion about this post