शुक्रवार, जुन १७, असार ३,
‘माग…खोज…ढकढक्याओ ।’ —मत्ती ७:७
प्रख्यात सुसमाचार प्रचारक आर. ए. टोरेले प्रभावकारी प्रार्थनाका सबैभन्दा महान् दुईवटा रहस्य यी कुरामा आधारित हुन्छन् भनेका छन्ः
१) परमेश्वरको वचन अध्ययन गर्नु र त्यहाँका प्रतिज्ञाहरूमा प्रकट गरिएअनुसार उहाँको इच्छा बुझ्नु ।
२) ती प्रतिज्ञाहरूलाई लिएर उहाँले जे भन्नु भयो त्यो पूरा गर्नुहुनेछ भन्ने स्थिर आशाको साथ प्रार्थनामा तिनलाई परमेश्वरको सामु राखिदिनु । तपाईंको जीवनमा प्रार्थनाविहीनतालाई नसहनुहोस् । कथित प्रगतिको तनाउलाई तपाईंका मुक्तिदाताको चरणमा तपाईं कति धेरै समय बिताउनुहुन्छ भन्ने कुरा तोक्न अनुमति नदिनुहोस् । ती समयहरूको ठूलो चाहना गर्नुहोस् । ती समयहरूलाई तालिकाबद्ध गर्नुहोस् । तिनको सुरक्षा गर्नुहोस् । भिन्नता नामको कवितामा ग्रेस एल. नेसन्सले यस कुरालाई यसरी व्यक्त गरेकी छिन्ः ‘एक बिहान सबेरै उठेँ, र दिनको काममा लागेँ; मैले यति धेरै काम पूरा गर्नुथियो, कि मसँग प्रार्थना गर्ने समय नै थिएन । मेरो वरिपरि समस्याहरूमात्रै आए, अनि प्रत्येक काम कठिन बन्दै गयो । मैले सोचेँ, “परमेश्वरले मलाई किन सहायता गर्नुभएन,” उहाँले जवाफ दिनुभयो, “तिमीले मागेकै छैनौ ।” मैले आनन्द र सौन्दर्य चाहेँ, तर परिश्रम गर्दैमा बित्यो दिन उराठ र मलिन । परमेश्वरले मलाई त्यस्तो दिन किन देखाउनुभएन भनी विचार गरेँ; उहाँले भन्नुभयो, “तिमीले खोजेकै होइन ।” मैले परमेश्वरको उपस्थितिमा आउन प्रयास गरेँ; सबै चाबीले खोल्न खोजे पनि ताला खुलेन लौ । तब परमेश्वरले प्रेमिलो स्वरमा मलाई हप्काउनुभयो, “मेरो बालक, तिमीले घच्घच्याएनौ ।” आज बिहान म चाँडै उठेँ, र दिन सुरुआत गर्नुअघि रोकिएँ । मैले यति धेरै गर्नुथियो, कि मैले बाध्य भएर प्रार्थना गरेँ ।’ यदि तपाईं बुद्धिमान् हुनुहुन्छ भने, तपाईंले प्रार्थनामय जीवन जिउनुहुनेछ र जीवनका अवश्यम्भावी सङ्कटहरूको सामना गर्न तयार रहनुहुनेछ । ती समस्याहरू तपाईंको ढोकैमा देखानपरुन्जेलसम्म यो अत्यन्त महत्वपूर्ण आत्मिक अनुशासन पालन गर्न सुरु नगरी बस्नु मूर्खता हो ।
आत्मिक भोजनः इजकिएल ४३–४५, मत्ती २०: १७–२८, भजन १३९: ७–१२, हितोपदेश १५: २८–३०
Discussion about this post