
दोलखा, १ असार, नेपाल ख्रीष्टियन समाजका अध्यक्ष पास्टर बर्णबास श्रेष्ठ, सागर परियार र चार्ल्स मेन्डिज आज पनि चरिकोट पुगेर प्रमुख जिल्ला अधिकारीसँग भेट गरेर फर्कनुभएको छ।
आज चरिकोट पुगेको टोलीले प्रहरी नायब उपरिक्षक र जिल्ला प्रमुख अधिकारीसँग संयूक्तरुपमा भेट गरेर फर्किएको एनसिएसका अध्यक्ष श्रेष्ठले बताउनुभएको छ। मुद्दा अदालतमा दर्ता भइसकेकोले अब अदालतको सुनावाई पछि मात्रै धर्म प्रचारको अभियोगमा थुनामा परेका ८ जना ख्रीष्टियनहरूलाई छोड्ने कि जेलमा हाल्ने भन्ने जानकारी हुने बताउनुभएको छ। मुद्दा दर्ता भइसकेकोले छोड्न नमिल्ने कुरा जानकारीमा आएको छ। भोलि अदालतमा पक्राउ परेका ख्रीष्टका जनहरूलाई हाजिरी गराइने छ।
शारिरीक यातना दिएको खबर बाहिर आएको छ के हो भन्ने प्रश्नको उत्तरमा, अध्यक्ष श्रेष्ठले पक्राउ परेका ८ जना ख्रीष्टियनहरूलाई भेट गर्न नदिकएको जानकारी गराउनु भएको छ। शारिरीक यातनाको सम्बन्धमा बुझ्दा सहि जवाफ नदिएर शारिरीक यातना दिएको वा नदिएको हामी केहि पनि भन्दैनौ भनि जवाफ फर्काएको कुरा पनि अवगत गराउनुभएको छ।
अहिलेसम्म नेपाल ख्रीष्टियन समाजको पहलमा तीनपटक राजधानीबाट समूहले स्थलगत भेट गरेर फर्केको छ। हाम्रो उद्धारकर्ता, मुक्तिदाता येशू ख्रीष्टको नाउँमा निरन्तर परमेश्वरसँग प्रार्थना निरन्तर गरिराखौं। विशेष गरी भोलि अदालतमा उपस्थित हुँदा पनि परमेश्वरको आश्चार्यको काम हुन सकोस्।
Discussion about this post