
नुवाकोट, ३० जेठ, शनिवार राती करिब १२ बजे तीन जना व्यक्ति वर्ल्ड भिजनको कार्यलयमा प्रवेस गरी पार्किङ गरेको गाडिमा पट्रोल छर्केर आगाो लगाएर भागेका छन्। आगोले गाडी पूर्ण रूपमा जलेको छ छ भने, घरको झ्याल, ढोका र वाइरिङ पनि जलेको जानकारी भएको छ। राती १२ बजे तीनजना ब्यक्ति प्रवेस गरेको घरधनिले पनि देखेको जानकारी हुन आएको छ। वर्ल्ड भिजनको कार्यालयमा सुरक्षा दिन बसेका पालेलाई हल्ला गरेमा मार्ने धम्कि दिएर पार्किङ गरेर राखेको गाडीमा आगो लगाएर तीन जना व्यक्ति भागेका थिए। प्रहरीले घटना स्थलमा पुगेर थप अनुसन्धान गरेको छ। कसले किन आगो लगाएको भन्ने कुरा अझै पनि थाह हुन सकेको छैन। तीन जना व्यक्तिलाई आशंकामा पक्राउ पक्राउ गरेको जानकारी प्राप्त भएको छ।
Discussion about this post