
काठमाडौं २८ जेठ, हिजो चरिकोटमा पक्राउ परेका ७ जनालाई जिल्ला प्रहरी कार्यालय चरिकोटले ५ दिनको म्याद थप गरी धर्म प्रचारको अभियोगमा फौजदारी अपराध अनुसार प्रक्रिया अगाडि बढाएको कुरा सचिव रेभ. मुकुन्द शर्माले बताउनु भएको छ। नेपाल ख्रीष्टियन समाजबाट पास्टर प्रकाश सुब्बा, पास्टर राजेन्द्र मल्ल, सागर परियार, ज्ञान बहादुर सुनुवार र रेभ मुकुन्द शर्माको ५ जनाको टोलि चरिकोट पुगेको हो। यसै सम्बन्धमा आजै प्रमुख जिल्ला अधिकारीसँग भेट्ने कार्यक्रम पनि रहेको थियो। प्रमुख जिल्ला अधिकारी विभिन्न निकाय मानवअधिकार कर्मी, बाल कल्याणका सम्बन्धित व्यक्तिहरूसँग बैठक भएकोले एनसिएसबाट गएको टोलिले भेट गर्न नपाएको कुरा रेभ शर्माले जानकारी गराउनुभएको छ।
आजै नेपाल ख्रीष्टियन समाजको अर्को समूहमा जनजागरण पार्टीका महासचिव बि. पि. खनाल, डिल्लीराम पौडेल, माननीय संसद लोकमणी ढकाल, पास्टर बर्णवास श्रेष्ठ, जिरमान राई र कृष्णमान शाक्यको टोली गृहमन्त्रीसँग भेट गरेर फर्केको छ। गृह मन्त्री शक्ति बस्नेतसँगको भेटमा ७ जना पक्राउ परेको कुरा गर्दा गृह मन्त्री बस्नेतले राजनैतिक परिवर्तन भयो तर विचार परिवर्तन नभएकोले यस्तो घटना भएको बताउदै यो विषयलाई समझदारीमा समाधान गर्ने आश्वासन दिएको कुरा महासचिव डिल्लीराम पौडेलले जानकारी गराउनुभएको छ।
यसै सम्बन्धमा आज विहान ८ बजेदेखि ९ बजेसम्म एनसिएसले महालक्ष्मीस्थान स्थित प्रेयर अफ हाउसमा प्रार्थना राखेको थियो। साथै देशमा भएका चर्चहरू, व्यक्तिहरूलाई निरन्तर प्रार्थना गर्न पनि आह्वान गरेको छ। भोलि शनिबारको सेवामा निम्न बिषयहरूमा केही समय प्रार्थना गर्न पनि अनुरोध गरेको छ:
प्रार्थनाका विषयहरू:
1. देशका सबै चर्चहरूमा आत्मिक जागृति: वचनको जागृति, प्रार्थनाको जागृति, चङ्गाइको जागृति, बाइबल अध्ययनको जागृति, सुसमाचारको जागृति, बाइबल कलेज र स्कूलमा जागृति आओस् भनेर प्रार्थना गरौं।
2. दोलखा जिल्लाको चरिकोटस्थित विद्यालयमा येशूको कथा सिकाएको आरोपमा पक्राउ परेका ५ जना र २ जना प्रिन्सिपलहरूको रिहाइको लागि प्रार्थना गरौं। यो घटनाबाट कोहि पनि विचलित नभएर निरन्तर प्रार्थना र सेवा संगतिहरूमा लागिरहन सकून।
3. स्थानिय क्षेत्रहरूमा ख्रीष्टियन समाज, वा इसाई समूदाय अथवा एकता संगतिहरू निरन्तर एकतामा रहेर प्रार्थना गरौं।
4. विश्वासीहरूमा कुनै प्रकारका डर, त्रास नभएको होस भनि प्रार्थना गरौं।
5. निरन्तर परमेश्वरको महिमा, आराधना र संगति भैरहोस्।
6. देशमा बन्दै गरेका र संशोधन हुँदै गरेका कानुनहरूको निम्ति ।
7. देशमा भएका उच्च ओहोदामा भएका पदाधिकारी र राजनीतिज्ञहरूको लागि प्रार्थना गरौं।
8. भर्खरै गठन भएको नेपाल ख्रीष्टियन समाजको समितिको लागि प्रार्थाना गरौं।
Discussion about this post