शुक्रवार, जुन १०, जेठ २८
‘यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूलाई के लाभ हुन्छ र ?’ —लूका ६:३२
धर्मशास्त्रमा चर्चा गरिएको प्रेम तपाईंलाई रोमाञ्चित गराउने कुनै भावनात्मक कुरा मात्र होइन । यो त अर्को व्यक्तिको भलाइको निम्ति दया, वास्ता, र फिक्री हो । यो प्रतिबद्धतामा आधारित हुन्छ, आफ्नो सुविधामा होइन । यो तपाईंको निर्णयको काम हो, तपाईंको भावनाको प्रतिकृया होइन । येशूले सोध्नुभएको एउटा प्रश्नले वास्तवमै हामीलाई रोकिन र सोच्न बाध्य गराउँछ । ‘यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूलाई के लाभ हुन्छ र ? पापीहरूले पनि तिनीहरूलाई प्रेम गर्नेहरूलाई प्रेम गर्छन् ! अनि तिमीहरूलाई भलाइ गर्नेहरूलाई मात्र भलाइ गर्छाै भने तिमीहरूलाई के लाभ हुन्छ र ?’ (पद ३२–३३) । प्रेम गर्नु तपाईंले गर्नुहुने सबैभन्दा कठिन काम हो, अनि यसको लागि परमेश्वरले तपाईंलाई दिन सक्नुहुने सबै अनुग्रहको आवश्यकता पर्नेछ । अझै अगाडि येशूले यसो भन्नुहुन्छः ‘आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाई गर । फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमीहरू सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ । तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ । अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन । अरूलाई दोषी नठहराओ, तिमीहरू पनि दोषी ठहराइनेछैनौ । क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ । देओ र तिमीहरूलाई पनि दिइनेछ । मानिसहरूले प्रशस्त परिमाणमा खाँदी–खाँदी बेस्सरी हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन् । किनकि जुन नापले तिमीहरू दिन्छौ, त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ’ (पद ३५–३८) । तपाईंले भन्नुहोला, ‘त्यो त निकै उच्च स्तर हो !’ अवश्य, यो उच्च स्तर हो । त्यसैकारण त प्रेम विजयी रणनीति हो ।
आत्मिक भोजनः इजकिएल २४: १–२७: २४, मत्ती १८: १–९, भजन १४३, हितोपदेश १५: ८–१०
Discussion about this post