शनिवार, जुन ४, जेठ २२
‘म तिमीहरूलाई छोड्नेछैनँ, म तिमीहरूलाई त्याग्नेछैनँ ।’ —हिब्रू १३:५
एकलोपनभन्दा अभै पर एउटा यस्तो सन्तुष्टि छ जुनचाहिँ स्वतः जन्मन्छ । जब प्राकृतिक संसारमा तपाईंका सबै विकल्पहरू बन्द भएका जस्ता देखिन्छन्, तब आत्मिक संसारमा ढोका खोलिन सक्छन् । हो, त्यस्तो समयमा तपाईंले परमेश्वरसँग अघि कहिल्यै स्थापना गर्नु नभएको सम्बन्ध स्थापित गर्न सक्ने सम्भावना देख्न सुरु गर्नुहुन्छ । परमेश्वरले तिनलाई उठाएर स्वर्गको भव्यताको यात्रा गराउन लैजानुहुँदा, यूहन्ना दण्ड पाएर पत्मोस नामको एक निर्जन टापुमा एकलै थिए । त्यो दर्शनको परिणाम स्वरूप हामीले प्रकाशको पुस्तक पाएका छौं। आफ्ना महानतम् पत्रहरू लेख्दा पावल झ्यालखानामा थिए । उत्पत्तिको पुस्तकमा परमेश्वरले उहाँको सृष्टिको उदेकको कार्य गर्नुहुँदा उहाँ एकलै हुनुहुन्थ्यो । उहाँको कार्यको प्रशंसा गर्ने त्यहाँ कोही पनि थिएन, त्यसैकारण उहाँले यसो भन्दै आफ्नो प्रशंसा गर्नुभयो, ‘साह्रै राम्रो’ (हेर्नुहोस् उत्पत्ति १:३१) । अनि तपाईंले पनि त्यसो गर्न सिक्नुपर्छ । अरूहरूले असल कुरा बोल्दा त्यसले तपाईंको बारेमा तिनीहरूको धारणालाई जनाउँछ । तर जब तपाईंले आफ्नो बारेमा असल कुरा बोल्नुहुन्छ, त्यसले तपाईंको बारेमा तपाईंको धारणालाई जनाउँछ— अनि तपाईं त्यही व्यक्तिसँग प्रत्येक दिन जिउनुहुन्छ । एकलोपनलाई सम्हाल्न तपाईंको आफ्नैभन्दा अरू कसैको सहभागिता उपयुक्त वा प्रिय छ भन्ने धारणालाई तपाईंले हटाउनै पर्छ । हजारौँ दम्पत्तीहरूमा गरिएको एउटा सर्वेक्षणले देखायो कि ५० प्रतिशतले त्यही व्यक्तिसँग फेरि विवाह गर्ने इच्छा गरेनन् । त्यसको पछाडि धेरै कारण छन् । एउटा कारण यही हो— तपाईंभित्रको आत्मिक रित्तोपन परमेश्वरले बाहेक अरू कसैले पनि भर्न सक्दैन । यसको बारेमा केही क्षण विचार गर्नुहोस् त, तपाईंले बुझ्नुहुनेछ कि कहिले कहीँ एकलोपनको समाधान मानिसहरू नभएर उद्देश्य हो । यो कसैको प्रेम र वास्ताको अभाव नभएर मार्गदर्शनको अभाव हो । अनि जब तपाईंलाई जिउनको निम्ति उद्देश्य र मार्गदर्शनको खाँचो पर्छ, तब तपार्ईं जान सक्नुहुने निम्ति एउटै मात्र ठाउँ छ— परमेश्वरकहाँ !
आत्मिक भोजनः इजकिएल १०–१३, मत्ती १५: २९–३९, भजन १२९, हितोपदेश १४: २५–२८
Discussion about this post