जेठ ९, ललितपुरकाे जाउलाखेल स्थित डुनामिस स्कुल अफ मिनिस्ट्रीकाे प्राङगणमा ‘महिमित अनुग्रह’ गीति एल्बमको विमाेचन भएको छ। गायक प्रेम तामाङको एकल गीति एल्बम विमोचन कार्यक्रममा विभिन्न मण्डलीका पास्टर, अगुवाहरू,संगित क्षेत्रका व्यक्तित्वहरू, संगितप्रेमी लगायतकाे उपस्थिति रहेकाे थियाे । डुलाेस मिडिया प्रा.ली.काे प्रस्तुती रहेकाे याे एकल गीति एल्बम गायक प्रेम तामाङको अाफ्नाे सांगितिक करियरकै पहिलाे सफलता मान्न सकिन्छ। “महिमित अनुग्रह” एल्बमलाई ज्याेती ग्रेट कमिसन चर्चका पास्टर लाजरस थुलुङ, माइका नेटवर्क नेपालका थिर के.सी. र गायक राजेश राईले संयुक्त रूपमा विमाेचन गरेका हुन् ।स्वर,शब्द र संगित स्वयमं प्रेम तामाङकै रहेकाे एल्बममा ‘म बाँचेकाे छु’, ‘कुन प्रेमले’,’ढाक्याे मेराे जीवन’, ‘एक मात्र तपाई’,’येशुमा’ र ‘येशुकाे उपस्थितिमा’ गरि अाठ वटा गित समावेश गरिएकाे छ । ‘म बाँचेकाे छु’ र ‘कुन प्रेमले’ बाेलकाे गितलाई संगितकार गाेपाल रसाइलीले, ‘ढाक्याे मेराे जीवन’ र ‘एक मात्र तपाइ’ बाेलकाे गित राहुल क्षेत्री र ‘येशुमा’ र ‘येशुकाे उपस्थितिमा’ बाेलकाे गितमा सन्दिप बान्तवा राईले संगित संयाेजन गरेका छन् । कार्यक्रममा इसाई जगतका वरिष्ठ संगितकार गगन सुब्बाले विमाेचित एल्बमकाे विषयमा उत्साहका शब्द बाेल्दै गायक प्रेम तामाङलाई संगित क्षेत्रमा गर्दै गरेकाे मिहिनेतमा सफलताकाे शुभकामना दिनुभयाे । नुवाकाेट स्थायी घर भई गाेरखामा हुर्किएका गायक तामाङ हाल ज्याेती ग्रेट कमिसन चर्चमा विगत लामाे समयदेखि वर्सिप लिडरकाे रूपमा सेवारत छन् । उक्त गीति एल्बम उपत्यका र उपत्यका बाहिरका विभिन्न स्टेसनरी, बुक सप लगायत मण्डलीहरूमा सजिलै उपलब्ध हुने बताइएकाे छ ।
Discussion about this post