• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, January 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आफैँलाई ‘अयोग्य’ ठान्दा (आजको वचन)

by Sarju Rijal
May 18, 2016
in Bible Study & Teaching

aaja ko fina for press_Page_001 - Copyबुधवार, मे १८, जेठ ५
‘आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो । र त्यो साह्रै राम्रो थियो ।’ —उत्पत्ति १:३१
आफैँलाई ‘अयोग्य’ ठान्दा
फरिया चेडिया नामकी एक अमेरिकी पत्रकारले हार्वार्ड विश्वविद्यालयबाट स्नातक उर्तिण गरिन्, न्युजविक समाचार पत्रका लागि काम गरिन्, अनि छिट्टै सफलताको शिखरमा पुगिन् । तापनि तिनले धेरै वर्षसम्म बुलिमिया (एक प्रकारको रोग जसमा मानिसहरुलाई अनावश्यक र निरन्तर रुपमा खानाको चाहाना हुन्छ)
रोगसँग संघर्ष गर्दै आफ्नो वरिपरिको संसारमा पत्रपत्रिकामा देखिने सुन्दर चित्रहरू जस्तै बन्ने कोसिस गर्दैरहिन् । बुलिमिया विशेष्गरी स्त्रीहरूमा खानपानको बारेमा हुने गडबडी हो— कहिले धेरै खान मन लाग्ने, फेरि कहिले चाहिँ वजन बढी भयो भनेर खान मन नलाग्ने । अन्त्यमा आफ्नो रोगबाट छुटकारा पाएपछि तिनले यस्तो लेखिन्ः ‘वजन घट्दा पनि मेरो व्यक्तित्वमा परिवर्तन भएन, अनि यसले मैले मेरो बाल्यकालदेखि नै बोकिल्याएको भावनात्मक बोझलाई हलुका बनाउन सकेन । म पातलो हुन चाहन्थेँ भनी मैले सोचेको थिएँ । तर वास्तवमा म खुसी हुन चाहन्थेँ, अनि न त मेरो रूपले न त मेरो सफलताले त्यो कुरा सम्भव थियो । सिद्ध बन्ने मेरो कोसिसको कारण म एकलो र कसैसँग घुलमिल नहुने व्यक्तिको रूपमा देखापरेँ, यद्यपि म त्यसको ठीक विपरित हुन चाहन्थेँ ।’ त्यसपछि तिनले जीवन परिवर्तन गर्ने चारओटा सिद्धान्तहरू वर्णन गरेकिछिन्ः
‘१) सिद्ध बन्ने तपाईंको चाहनाले तपाईंलाई एकलोपनमा राख्नेछ, किनकि आनन्ददायी सम्बन्धहरू इमानदारिता र पूर्ण स्वीकारको जगमाथि मात्र निमार्ण गर्न सकिन्छन् ।
२) सिद्ध बन्ने तपाईंको चाहनाले आफ्ना कमजोरीहरूलाई वृद्धिका अवसरहरूको रूपमा नभएर लुकाउनु पर्ने कुनै कुराको रूपमा हेर्न तपाईंलाई बाध्य बनाउनेछ ।
३) सिद्ध बन्ने चाहनाले तपाईंलाई तपाईं अहिल्यै जे हुनुहुन्छ त्यसमा आनन्दित हुनुको सट्टा कुनै दिन तपाईं को बन्नुहुनेछ त्यसमा केन्द्रित बनाइराख्नेछ ।
४) सिद्ध बन्ने तपाईंको चाहनाले तपाईंलाई आफ्नो जीवन अर्थपूर्ण बनाउने अवसरबाट बञ्चित गर्नेछ, कारण जहिल्यै पनि आफैँमा केन्द्रित भएपछि अरूहरूलाई दिनको निम्ति तपाईंसँग केही पनि रहनेछैन ।’
यसकारण, निष्कर्ष यही होः परमेश्वरले तपाईंलाई सृष्टि गर्नु आवश्यकता थिएन, तर उहाँले तपाईंलाई सृष्टि गर्ने निर्णय गर्नुभयो । तपाईं जन्मनुभएको दिन उहाँ मुस्कुराउनुभयो र भन्नुभयो, ‘साह्रै राम्रो ।’ जब तपाईंले त्यो कुरा सम्पूर्ण रूपमा बुझ्नुहुन्छ, तब तपाईंले आफैलाई ‘अयोग्य’ ठान्ने समस्यामाथि विजय पाउन सुरु गर्नुहुनेछ ।
आत्मिक भोजनःन्यायकर्ता १–३, मत्ती ११: २०–३०, भजन ८८: ९ख–१८, हितोपदेश १३: ४–६

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In