सुझाव पठाउने समाय थप भएको कुरा बिधायन समितीद्वारा मौखिक जानकारी दिईएको छ।
स्वेच्छिक धर्मपरिवर्तनजस्तो व्यक्तिगत अधिकारलाई कुण्ठित गराउने गरेर ल्याउन लागिएको कानुनलाई परिमार्जनसहित् पारित गर्नलाई हाम्रोतर्फको सुझाव पठाऔं ।
कृपया रातो अक्षरमा लेखिएको भागलाई कपि गरेर यस ठेगानामा पठाउन सक्नुहुन्छ ।
इमेल: bidhayansamiti@gmail.com
फ्याक्स: ०१-४२००१७२
हुलाक:
विधायन समिति, व्यवस्थापिका संसद सचिवालय,
पोष्ट बक्स नं. २००९९, सिंहदरवार, काठमाण्डौ
प्रस्तावित अपराध संहिता २०७१ मा बुदाँगत रूपमा निम्न सुझाव पेश गर्न चाहान्छौं ।
परिच्छेद १
दफा २ उपधारा ३, छ:
दफा १५६ अन्तर्गतको कसुर सुझाव: हटाउनुपर्ने ।
परिच्छेद ९
दफा १५४:
धार्मिक भावनामा आघात पुर्याउन नहुने:
(१) कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट कुनै जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याउन हुँदैन ।
सुझाव:
हटाउनुपर्ने ।
दफा १५५:
धार्मिक रीति–स्थितिमा बाधा पुर्याउन नहुनेः
(१) कसैले सनातन देखि अपनाउदै वा चली आएको अरुको धार्मिक रीति–स्थितिमा जानी जानी बाधा पुर्याउन हुँदैन ।
सुझाव:
धार्मिक रीति–स्थितिमा बाधा पुर्याउन नहुने ।
(१) कसैले अरुको धार्मिक रीति–स्थितिमा जानी जानी बाधा पुर्याउन हुँदैन ।
दफा १५६:
धर्म परिवर्तन गराउन नहुने:
(१) कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन हुँदैन ।
(२) कसैले कुनै,जात, जाति वा सम्प्रदायमा सनातन देखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुनेगरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा अन्य कुनै नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन ।
सुझाव:
कुनै पनि व्यक्तिको स्वतन्त्र इच्छा बाहेक जबरजस्ती धर्मपरिवर्तन गराउन हुँदैन । स्वेच्छिक धर्मपरिवर्तन गर्न चाहने व्यक्तिको हकमा धर्मगुरुहरूले धर्मपरिवर्तन गराउन सक्नेछन् ।
दफा १५७:
हदम्याद: दफा १५६ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको थाहा पाएको मितिले छ महिना र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्नेछैन ।
सुझाव: कसुर भएको मितिले ७ दिन नागेपछि उजुर नलाग्ने ।
थप्नुपर्ने:
१५८: कसैले स्वेच्छाले धर्मपरिवर्तन गर्न चाहेमा उक्त व्यक्तिलाई धर्मपरिवर्तन गर्दा र त्यसपछि बाधा दिन हुँदैन ।
सजाय: दफा १५६ को उपदफा ३ सरह हुनुपर्ने ।
सुझाव दिने व्यक्तिको नाम: ……………………………………………
ठेगाना: …………………………………………………………………..
Discussion about this post