
पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ती नेपालका संयोजक डा बाबुराम भट्टराइले मूलक अव धर्म सापेक्ष बन्न नसक्ने बताएका छन्। इष्टर सन्डेको अवसरमा पूर्वाञ्चल इसाई समाजले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“बगेको खोलो र्फकदैन, नेपाल अव धार्मिक स्वतन्त्र भई सकेको छ” डा. भट्टराईले भने “लामो संघर्ष र बलिदानबाट मुलुक धार्मिक स्वतन्त्र भएको हो, कुनै ब्यक्तीको चाहानामा यो परिवर्तन हुदैन ।”
र् धर्म निरपक्षतालाई गलत ब्याख्या गरिएको भन्दै डा. भट्टराईले धर्म निरपेक्षता भनेको सवै धर्मलाई समान अधिकार भनिएको बताए। डा भट्टराईले आँफुचाहि नास्तिक भएको बताए। नास्तिक हुन पाउने आफनो ब्यक्तीगत अधिकार भन्दै उनले धर्मप्रति बिश्वास र आस्था राख्नेलाई सम्मान गर्ने बताए ।
कार्यक्रममा पवित्र धर्मशास्त्र बाइवलबाट डा तिर्थ थापाले इष्टरको बास्तविकता र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले मानव जातीको मुक्तीको निम्ती खिष्ट येशुको जन्म, मृत्यु र पुनरुत्थान यथार्थ भएको बताउनुभयो । “पुनरुत्थान पत्याउन गारो मान्छन तर यथार्थ हो” “उहाँ बौरि उठ्नु भएको छ र फेरी कहिल्यै मर्नुहुने छैन ।” “धेरै जना त उहाँको दोश्रो आगमनमा नै आश्चार्यचकित हुनेछन् ।” उहाँले भन्नुभयो । उहाँले नेपाली खीष्टियनहरु बिदेशी धर्म भन्दापनि आस्था र मुक्तीका निम्ती बिश्वासमा परिवर्तन भएको स्पष्ट पार्नुभयो ।
सोहि क्रममा बोल्दै थापाले खिष्टको आशिर्वाद पाएका खिष्टियनहरुले मुलुलाई आशिशित बनाउनुपर्नेमा जोड दिनुभयो । डा थापाले भन्नुभयो “नेपाल सधै झुशिलकीरा भयो अव पुतली बनाउन इशाईहरु जुट्नुपर्छ ।” मुलुक समृद्धीको निम्ती मण्डलीमा राजनिति गर्ने भन्दा पनि इमान्दार, बिश्वासयोग्य अगुवा आवश्यक रहेको उहाँको आशय थियो । उहाँले पछिल्लो सयम राजनितिक विचलनले मुलुक विकासमा फड्को मार्न नसकेको भन्दै यस्तो परिस्थीतीमा इशाइ बिश्वास र पार्थनाको थप आवश्यकता रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं साँसद मिन बिश्वकर्माले धार्मिक सहिष्णुता आजको आवश्यकता भन्दै सवै धर्महरु एक भएर लाग्न आग्रह गर्नुभयो । मुलुक धार्मीक स्वतन्त्र राज्य भनि सविधानमा उल्लेख गरिसकिएकोले कुनैपनि धर्म र बिश्वासमा आस्था राख्नेहरु कसैको दवावमा रहन नहुने बताउनु भयो । “मुलुक धार्मिक स्वतन्त्र भएको छ, धर्ममा बिश्वास गर्न अवश्य पाइन्छ, तर अर्काको धर्मलाई नोक्सानी पुर्याउन भने पाइदैन ।”
उहाँले नेपाली काँग्रेस धार्मिक स्वतन्त्राको पक्षमा रहेको स्पष्ट पार्नुभयो । काँग्रेसका कुनैपनि पदाधिकारीले नेपाललाई हिन्दु राज्यको वकालत गर्छ भने त्यो ब्यक्तीगत बिचार उहाँको भनाई थियो । “कसैले धर्म निरपक्षता ठिक छैन भन्छ भने त्यो ब्यक्तीको बिचार हो” उहाँले भन्नुभयो “तर सिंगो काँग्रेस धर्म निरपक्षताको पक्षमा छ ।”
कार्यक्रममा बोल्दै अर्का सांसद कृष्ण कुमार राईले कुनै ब्यक्ती र एक दलको चाहानामा ऐतिहासीक निर्णय परिवर्तन नहुने बताउनुभयो । उहाँले नेपाली जनताको संघर्ष, त्याग र बलिदानबाट मुलुक परिवर्तन भएको भन्दै यो उपलब्धीलाई गुमाउन नहुने तर्क गर्नुभयो । “जनताको त्याग तपस्या र बलिदानबाट मुलुक धार्मिक स्वतन्त्र भएको छ यसलाई कुनै एक पार्टीले खारेजगर्न सक्दैन” राईले भन्नुभयो । मुलुकमा भइरहेको असहिष्णुतालाई सवैले मिलेर निर्मूल पार्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै अर्का सांसद जाखिर हुसैनले मुलुक धार्मिक स्वतन्त्र भएकोले खिष्टियनहरु कसैको दवावमा रहन नपर्ने बताउनुभयो । “कुनैपनि धर्ममा आस्था राख्नु पाउने ब्यक्तीको नैर्सर्गिक अधिकार हो” सांसद हुसैनले भन्नुभयो “नेपालका खिष्टियनहरु आफ्नो आस्थामा स्वतन्त्र छन् ।” सविधानमा धार्मिक स्वतन्त्रता लेखिएपनि नेताहरुको द्धैध चरित्रका कारण ब्यबहारमा कार्यन्वयन हुन नसकेको उहाँको भनाई थियो ।
पुर्वाअञ्चल इसाई समाजको अध्यक्ष कुवेर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाओबादी केन्द्रिय सदस्य मुक्साहाँङ मन्याङवा, रेभ. दानियल सुब्बा, पत्रकार महासँघ सुनसरीका अध्यक्ष केशव घिमीरे लगायतले सम्बोधन गरेका थिइ । कार्यक्रममा पूर्वाअञ्चल विकास क्षेत्र अर्न्तर्गत बिभिन्न जिल्लाका पाष्टर, अगुवा तथा खिष्टियन बिश्वासीहरु उपस्थीती रहेकेा थियो ।
कार्यक्रम अघि पुर्वाअञ्चलका बिभिन्न जिल्लाबाट आएका खिष्टियन बिश्वासीहरुले धरानमा शान्ती र्याली गरेका थिए । उनिहरुले ब्यानर र पुनरुत्थानको सन्देश दिने बिभिन्न प्लेकार्ड सहित धरान बजार परिक्रमा गरेका थिए ।
तस्विर: सन्देश पौडेल

Discussion about this post