
काठमाडौं,४ मंसिर – अन्तराष्ट्रिय बाल अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ। रसुवा जिल्लाको भोर्ले गाविस स्थित तीनवटा विद्यालयमा पनि विविध कार्यक्रमको आयोजना गरि अन्तराष्ट्रिय बाल अधिकार दिवस मनाइएको छ। अन्तराष्ट्रिय बाल दिवसको अवसरमा बागेश्वरी मा.वि., सेति देवी उच्च माध्यामिक विद्यालय र ज्वालामुखी निम्न माध्यामिक विद्यालयमा छुट्टा छुट्टै समयमा विविध कार्यक्रम गरी मनाइएको छ। बाल दिवसकै अवसरमा सेदार फण्डबाट लिसा र ट्याङ्ग, जेसिवाइसिएनबाट अध्यक्ष तिलोत्तम पौडेल, आइटीनबाट निर्देशक पास्टर टंक सुबेदी, सर्जु रिजाल र अर्जुण न्यौपाने लगायतको समूहले विद्यालयमा भुकम्पबाट भएको क्षति विवरण बुझ्ने काम पनि गरेको थियो। सोही अवसरमा शिक्षक, विद्यार्थी तथा अभिभावकहरूसँग भुकम्पले पुर्याएको क्षति सम्बन्धि अन्तरक्रिया र छलफल गरिएको थियो। विद्यार्थीहरूले बाल दिवसको अवसरमा राष्ट्रिय एकता झल्काउने खालका कविता वाचन र गीत प्रस्तुत गरेका थिए। सोही अवसरमा स्कूलमा भुकम्पले पुर्याएको क्षति बिबरण सुनाउनुको साथै पुननिर्माण गर्न अनुरोध पनि गरेका थिए। सेतीदेवी उच्च माविमा कविता वाचन गर्ने, गित सुनाउने छात्र छात्रालाई पाहुनाहरूको हातबाट कपि र कलम वितरण पनि गरिएको थियो।
भोर्ले गाविसमा मात्रै १३ वटा विद्यालयहरू छन। ती सबै विद्यालयहरू भुकम्पबाट क्षति भएका छन् र अहिलेसम्म पनि पुननिर्माणको काम कतैबाट हुन नसकेको कुरा सेतिदेवी उच्च माविका अध्यक्ष भरत बरालले बताउनुभएको थियो। त्यसै गरी बागेश्वरी उच्च माविका अध्यक्ष सरद गुरूङले कोठाको अभावको कारणले भत्किएका कोठाहरूमा कार्यलय र पठन पाठन हुँदै आएको कुरा बताउनु भएको थियो।

Discussion about this post