आजदेखि वर्षको चौंथो महिना अर्थात् “फोर्थ मन्थ” शुरु भयो (एप्रिल १) । यो “Fourth Month” लाई “Going Forth and Growing” (अगाडि बढ्ने र वृद्धि हुने) रुपमा लिऔं।
गेतसमनीको बगैंचामा येशूको अगाडि छनौट गर्न दुइवटा विकल्पहरू थिए: क्रूस बोक्ने र मर्ने कि सबै कुरा छोडेर पितासँग सबै परिस्थितिबाट छुटकारा माग्ने। येशूले अगाडि बढ्ने (Going Forth) निर्णय लिनुभयो, जुन संकष्ट, अपमान, पीडा, घृणा र अन्तमा मृत्युको बाटो थियो। यो सम्पूर्ण परिस्थितिलाई उल्टाउन उहाँले केवल यति मात्र भन्नुभयो: “तपाईंको इच्छा पूरा होस्।” निश्चय ख्रीष्ट हाम्रो निम्ति क्रूसको मृत्युसम्म पुग्नुभयो तर यसैको फलस्वरुप उहाँ बढ्नुभयो, उहाँले मृत्युमाथि विजयी भएर आफ्नो जीवनमा पुनरुत्थान हात पार्नुभयो। यसरी हामी देख्न सक्छौं कि उहाँ क्रूसको बाटोमा अगाडि बढ्नुभयो र त्यही मृत्यु नै वृद्धि भएर पुनरुत्थानको रुप लियो।
त्यसकारण, यो समय हामी सबैको लागि एउटा यस्तो बनोस् जहाँ हामी हाम्रा असम्भव जस्तै देखिने परिस्थितिमा, घटिकमीमा, संकष्टमा र समस्यामा हामी पनि भन्न सकौं: “तपाईंको इच्छा पूरा होस्“। मलाई विश्वास छ साँचै नै परमेश्वरले हाम्रो परिस्थितिलाई पनि पल्टाउन सक्नुहुन्छ। यही समर्पणमा हामी अगाडि बढ्दै जाऔं र उहाँले हामीलाई सफलताको र प्रशस्तताको वृद्धि दिनुहुन्छ।
“गुड फ्राइडे”मा ख्रीष्टले क्रूससम्मको संकष्ट सहित अगाडि बढ्ने काम शुरु गर्नुभयो र यो वृद्धि हुँदै गयो “इस्टर सन्डे”मा पुनरुत्थानको ताज पाउनुभयो।
हजूरहरूको यो “Fourth Month” ” Going Forth and growing month” बनोस्। पुनरुत्थानको वृद्धि तपाईंहरूको जीवनमा पनि पूरा भएको होस्।
“HAPPY EASTER”
Discussion about this post