NACA द्धारा आयोजीत लेखा तथा वित्तिय ब्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न

[ 0 ] January 30, 2020 |

ललितपूर, बिभिन्न एनजिओ, आईएनजिओ, सघंसस्थाहरु तथा समुदायहरुमा वित्तीय तथा लेखा शाखामा कार्यरत साथै व्यवस्थापन अध्ययन गरी यसै पेशामा लाग्न चाहेका व्यक्तीहरुको क्षमता अभिबृद्धि गर्ने लक्ष्य राखी विभिन्न संस्थाहरुसँगको समन्वयमा Nepal Association of Christian Accountants (NACA) द्धारा ललितपूरमा यही पुष १२ र १३ गते लेखा तथा वित्तिय ब्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न गरियो । ३२ जना सहभागीहरु रहेको उक्त तालिममा लेखा व्यवस्थापनको साथसाथै कर, सामाजिक सूरक्षा कोष, लेखा परिक्षण, संस्थाको आन्तरिक शुसाशन तथा दातृ निकायसँगको सम्बन्ध सूमधूर बनाउने उपायहरु जस्ता विषयमा अभ्यास, अन्तरक्रियात्मक र छलफल शैलीमा सिकाइएको थियो ।
स्मरण रहोस् Nepal Association of Christian Accountants (NACA) लेखा तथा वित्तियब्यवस्थापन मा आवद्ध पेशाकर्मीहरुको एक झूण्ड हो जसले लेखा तथा वित्तियब्यवस्थापन सम्बन्धी सेवाहरु नेपालभर प्रदान गर्ने उद्देश्यले सन् २००८ मा स्थापना भई आफ्ना सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4