• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, December 1, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पालुङटार इसाई समाज गोरखाले डा. खरेललाई गरे भब्य स्वागत तथा सम्मान

by NC News Desk
October 17, 2019
in News & Events

३० असोज २०७६, गोरखा । पालुङटार इसाई समाज तथा पवित्र जागृति सभा गोरखाले एक भव्य समारोहका बीच स्वतन्त्र विश्वव्यापी मण्डलीका वरिष्ठ पाष्टर तथा वि.नि.प्र.प. सेवकाई नेपालका संस्थापक अध्यक्ष अन्तरराष्ट्रिय वक्ता रेभ. पा. डा. चेत बहादुर खरेललाई स्वागत तथा सम्मान गरेको छ ।

हिजो २९ गते गोरखास्थित एकता मण्डली छेवेटारमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा ५ वटा जिल्ला, धादिङ, लमजुङ, चितवन, गारेखा र तनहुँ जिल्ला इसाई समाजका पदाधिकारी पाष्टर तथा अगुवाहरू, स्थानीय मण्डलीका पाष्टर अगुवाहरूको बाक्लो उपस्थिति रहेको हो ।

असम्भवका विचमा सम्भव बनेको गोरखा पालुङटार–९, ठाँटीपोखरीमा जन्मनुभएका पा. खरेलको अहिलेको नयाँ जीवनले प्रभुबाट पाएको वरदानलाई प्रयोग गरी देश विदेशमा समेत गई निरन्तर चंगाईको सेवा गर्दै आउनु भएका डा. खरेललाई ५२ वटा जिल्लामा निकै कष्टका साथ सुसमाचार र मण्डली स्थापना कार्यमा एक इतिहास रच्न सफल पा. कालीबहादुर तामाङको हातबाट पा. खरेललाई दोसल्ला ओढाई ससम्मानका साथ सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
मिति २०७६ असोज ५ गते जिसस कलेजमा आयोजित कार्यक्रममा विभिन्न १२ राष्ट्रका संयुक्त विशपहरूको सभाले डाक्टर अफ मिनिष्ट्रि इन हिलिङ्ग पाष्टरल मिनिष्ट्रिबाट मानार्थ विद्यावारिधीको उपाधी दिएर उच्च आदर सम्मान गरेको देख्न पाउँदा गारेखा बासिन्दाहरू हर्षविभोर भएकोले उहाँको कामको उच्च मुल्याङ्कन र कदर गर्दै आदर सम्मानका साथ सम्मान गरिएकोे पालुङटार इसाई समाजका अध्यक्ष पा. सोल फिस्ट लामाले बताउनु भएको थियो । कार्यक्रममा विभिन्न नृत्य तथा गितहरू प्रस्तुत गर्नुका साथै पा. खरेलको जीवनमा आधारित भिडियो र वि.नि.प्र.प.को चंगाई तथा सामाजिक सेवा तथा राष्ट्रिय तथा अन्तरराष्ट्रियरुपमा आयोजित चंगाइका सेवाहरू र पछिल्लो समयमा प्राप्त मानार्थ उपाधिको भिडियो समेत प्रदर्शन गरिएको थियो । कार्यक्रमको कुशल संचालन इसाई समाजका सचिव पा. सुनिल धिताल गर्नुभएको थियो ।
कार्यक्रम पश्चात ५ जिल्लाका पाष्टर तथा अगुवाहरूको संयुक्त बैठकले आगामी दिनमा चाँडै गोरखा जिल्लामा एक वृहत मेगा हिलिङ्ग चंगाई सेवा संचालन गर्ने निर्णय गरेको छ ।

को हुन रेभ. डा. खरेल ?
गोरखा पालुङटार–९, ठाँटीपोखरीमा जन्मनुभएका चेत बहादुर खरेल आमाको गर्भबाट जन्मिएको ९ वर्षसम्म त उनले ओछयानमै दिन अनि रात विताए । ९ वर्षदेखि चार खुट्टे जनावर जसरी उनले चार हात, खुट्टाले टेक्दै घिस्रिदैँ हिँडने गर्थे उनै खरेल । आफनो गाउँको नजीकै सरकारी स्कुल श्री भवानी उच्च मा.वि.मा कक्षा ८ सम्म पढेका उनको विगतका दिन निकै कष्टपूर्ण र चुनौतिपुर्ण रहेको थियो । तर असम्भवका विचमा सम्भव बनेको उनको अहिलेको नयाँ जीवनले प्रभुबाट पाएको वरदानलाई प्रयोग गरी देश विदेशमा समेत गई उनले निरन्तर चंगाईको सेवा गर्दै आएका छन् ।

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In