• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, July 1, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एनसिएस र एनसिएफएनबिच कार्यगत एकताबारे प्रदेश ३ को घोषणा सभा

by Bidur Adhikari
August 29, 2019
in Religious Freedom

ललितपुर, भदाै १२।

गत जेठ महिनामा नेपाल ख्रीष्टियन समाजको २३ औँ महसभाको क्रममा नै एनसिएस र एनसिएफएनबिच भएको कार्यगत एकता तथा सहमतिका बारेमा यसै बिचमा सबै प्रदेशहरूमा संयुक्त रूपमा जानकारी र विविध कार्यक्रमहरू गर्दै आएकोमा आज ललितपुर स्थित लिभिङ ब्यप्टिस्ट चर्चमा प्रदेश ३ को घोषणा सभा तथा प्रार्थना सम्पन्न भएको छ।

देशका दुई ठूला र पुराना संस्थाहरूका बिचमा भएको यस प्रकारको सहमतिले आगामी दिनमा अझै अर्थपूर्ण रूपमा सहकार्य गर्न मार्गप्रशस्त गरेको छ भन्न सकिन्छ ।

पा. राजेन्द्र मल्लले सञ्चालन गर्नुभएको उक्त सभामा पा‍‍. दिलिप क्षेत्रीले १ इतिहास १२ अध्यायबाट इसाखारका कुलका २०० जनामा समयको अर्थ र लक्षण बुझ्ने सामर्थ प्रभुले राखिदिनुभएको थियो, जसको कारण उनीहरूको देशलाई सही मार्गमा चल्न सजिलो भयो भन्ने वचन बोल्नुहुँदै समयको लक्षण बुझ्ने पुस्ता र अगुवा बनी परमेश्वरको इच्छा के छ सो पूरा गर्न लागिपर्नुको विकल्प नभएको बताउनुभयो ।

त्यसैगरी एनसिएफएनका अध्यक्ष पा. हनोक तामाङले मत्ती ५ः१४,१६ बाट संसारमा नुन र ज्योति बनी जिउनुपर्छ र कसले जस लिनेतिर नलागी काम गरे महान काम गर्न सकिने बताउनुभयो । साथै एनसिएसका उपाध्यक्ष पा. मंगलमान महर्जन, पा. शमूएल कार्थक, एनसिएफएनका महासचिव पा. शेर एसीले पनि संक्षिप्त मन्तव्य राख्नुहुँदै असल काम सुरूआत भएकोमा खुशी व्यक्त गर्नुभयो । एनसिएसका महासचिव पा. डिल्लीराम पाैडेलले सहमतिका १० बुँदाबारे प्रकाश पर्नुहुँदै विविध विषयमा प्रार्थनामा अगुवाइ गर्नुभयो । पा. अब्दिएल मुखियाले पाँच दशक पहिलेको सम्झना गर्नुहुँदै, आफू ८४ वर्ष उमेर पुग्न लागेको बताउनुहुँदै यो असल दिन देख्न लामो आयु पाएको रहेँछु भन्नुहुँदा धेरैका आँखा रसाएका थिए ।

त्यसैगरी भक्तपुर इसाई समाजका नवनिर्वाचित अध्यक्ष पा. पासाङले एकताबाट अाफ्नो २१ वर्षदेखिको आँशु बगाई गरेको प्रार्थना सुनुवाइ भएकोमा खुशी व्यक्त गर्नुभयो । पा रिलिजिस लिबर्अटी फोरमा संयोजक पा. टंक सुवेदीले सतावटको सन्दर्भ प्रष्ट पार्नुहुँदै, अब कार्यगत मात्र होइन सांगठानिक एकतातर्फ अगि बढ्नुपर्छ भनी नयाँ उचाइ प्राप्त गर्ने लक्ष्य राखिदिनुभयो ।

अन्त्यमा, स्थानीय चर्चका पाष्टर तुला सिं राईले सबै कार्यक्रम र एकताबारे सन्तुष्टि व्यक्त गर्नुहुँदै अन्तिम प्रार्थना गरी कार्यक्रम समापन गर्नुभयो ।

यसरी आज त्यहाँ उपस्थित हुन छुटेका समुह समुदायहरूलाइ पनि समेट्दै अगिबढ्नुपर्छ भन्ने भाष्य र आशय व्यक्त भइरहँदा, भर्खरै गठित गिर्जाघर महागुठीका केही जिम्मेवार पदाधिकारीहरूको उपस्थिति कार्यक्रमको मध्यसम्म देखिए तापनि अन्त्यमा उहाँहरूको बहिर्गमन, उहाँहरूको मन्तव्यको लागि समय नछुट्याइनु वा सो नहुनु, आप मसिह पार्टीका अध्यक्ष पा. भरत गिरीको पनि उपस्थिति रहेता पनि उहाँको मन्तव्य पनि नआउनुले चाहिँ कताकता केही अपुग भएको महसुस यो पङ्तिकारलाई भएको थियो ।

आगामी दिनमा यसैगरी राजनितिक दर्शन लिएका अगुवाहरूका माझमा पनि सहमति सहकार्य र एकता भएमा अति असल हुँदो हो भन्ने लागिरहेको छ । यसको बारेमा क्रमश चर्चा गर्दै जाऔँला ।

-विदुर अधिकारी

Related Posts

चर्चहरुमा भएका आक्रमणमा नेपाल ख्रीष्टियन समाजद्वारा ध्यनाकर्षण

चर्चहरुमा भएका आक्रमणमा नेपाल ख्रीष्टियन समाजद्वारा ध्यनाकर्षण

September 4, 2024
समृद्ध नेपाल निर्माणमा आम जनसहभागिताका लागि धर्म तथा आस्थाको स्वतन्त्रताको महत्व

केशवराज आचार्य प्रकरणः अल्पसंख्यक धार्मिक समुदायमाथि विभेद र अन्यायको पराकाष्टा

October 17, 2023
समृद्ध नेपाल निर्माणमा आम जनसहभागिताका लागि धर्म तथा आस्थाको स्वतन्त्रताको महत्व

समृद्ध नेपाल निर्माणमा आम जनसहभागिताका लागि धर्म तथा आस्थाको स्वतन्त्रताको महत्व

October 13, 2023
Usher Performs ‘Amazing Grace’ During Lakers Kobe Bryant Tribute [Video]

Usher Performs ‘Amazing Grace’ During Lakers Kobe Bryant Tribute [Video]

February 2, 2020

Discussion about this post

ताजा सामाग्री

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Recent Posts

  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In