एनसीएफएनको गण्डकी प्रदेश पाष्टर—अगुवा सम्मेलन २०७६

[ 0 ] June 17, 2019 |

कमल पोखरेली

पृथ्वीचोक, पोखरा

यही जेठ २९ देखि ३१ सम्म पृथ्वीचोकस्थित नेपाल ख्रीष्टिय पोखरा चर्चमा एनसीएफएन गण्डकी प्रदेशको पाष्टर अगुवा सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा एनसीएफएन गण्डकी प्रदेशका अध्यक्ष एल्डर प्रकाश श्रेष्ठले सभापतित्व गरेका थिए भने वरिष्ठ पाष्टर अतन लामा प्रमुख अतिथि र एनसीएफएनका केन्द्रीय कोषाध्यक्ष पा. विश्वदेव खड्का विशेष अतिथि थिए।

सम्मेलनमा गण्डकी प्रदेशका अध्यक्ष एल्डर प्रकाश श्रेष्ठले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष पाष्टर हरिराम घिमिरेले २०७५ को वार्षिक आयव्ययको अडिट रिपोर्ट (लेखापरीक्षकको प्रदिवेदन) प्रस्तुत गरेका थिए।

कार्यक्रममा एनसीएफएन गण्डकी प्रदेशका सल्लाहकार अ.पा. मुक्ति ढकालले शुभाकामना मन्तव्य दिएका थिए। सहभागीको तर्फबाट डि. मञ्जु ढुंगानाले आफूले पाएको आशिष बाँडेकी थिइन्।

सम्मेलनमा रेभ. जस्टिन र पा. शामूएलले “स्वस्थ अगुवा तथा स्वस्थ चर्च” विषयमा सिकाएका थिए। गण्डकी प्रदेशका करिब १६० जना पाष्टर अगुवाहरुको सहभागिता थियो।

 

 

 

 

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4