मृत्युःपत्ता नलागेको देश जसको सीमानाबाट कुनै पनि यात्री फर्कंदैन; मृत्युः नष्ट गरिने अन्तिम शत्रु

[ 0 ] February 27, 2019 |

मृत्यु शोक विछोड र पीडाको घडी हो ।

जेजस्तो विश्वदृष्टि राखिएता पनि, जीवनको मूल्य महत्व मानिन्छ, यसकारण अनाहक, अकारण र असामयिक मृत्यु कुनै पनि संस्कृतिमा पीडाको कुरा हुन्छ । हुन त जीवन दुःखमय छ, यसकारण जो जन्अमँदैन त्न्ययो नै सबैभन्दा भाग्यमानी हो, अनि जम्निएछ भने पनि चाँडै मरिहाल्नेले कम दुःख भोग्छ भन्ने मत पनि कतिको रहेको पाइन्छ ।

सन्दर्भ, पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित अन्य छ जनाको अाज दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी मृत्युको । हुन त यस्तो बेला कसैले अाफ्नो अास्था मतअनुसार अाशा र भविष्यको कुरा गर्नु उचित नमानिन, नठानिन सक्छ । यसबारेमा मेरो व्यक्तिगत चेत नभएको पनि होइन । तर सामान्य अवस्थमा मृत्युको चर्चा नै गरिँदैन, डर नै मानिँदैन । यसकारण, यस्तो दुःखद घडीमा, सबैको, धेैको फिक्री र चासोको घडीमा, मृत्युको निम्ति तयारी, मृत्युको बारेमा निर्भिकता कसरी राख्न सकिन्छ, भन्ने बारेमा एक मत यहाँ उद्धरण गर्न चाहेँ ।

एरिस्टोटलले मृत्युलाई सबैभन्दा डर मान्नु पर्ने कुरा भनेका छन् किनकि ‘यो सबै कुराको अन्त्य जस्तो देखिन्छ ।’ जाँ–पल सात्रले भनेका छन् कि मृत्युले ‘जीवनको सबै अर्थ मेटाइदिन्छ ।’ अमेरिकाका अज्ञेयवादीहरू (ईश्वरको अस्तित्व छ कि छैन बुझ्न सकिँदैन भनिठान्ने) मध्ये सबैभन्दा प्रष्टवक्ता रबर्ट ग्रिन इंगरसोलले आफ्नो दाज्यूको मृत्यु संस्कारमा आशाका कुनै शब्द नपाएपछि यसो भने, ‘जीवनचाहिँ अनन्तताका दुई चिसा र बाँझा टाकुरा बिचको एक साँघुरो उपत्यका हो । हामी ती टुकाुरको पारिपट्टि हेर्न व्यर्थमा प्रयास गर्छौं ।’ फ्रान्सेली मानवतावादी फ्राँस्वाँ राबेलाइसका अन्तिम शब्दहरू यस्ता थिएः ‘म “एउटा महान् सायद” खोज्न जाँदैछु’ । ह्याम्लेट नामक नाटकमा शेक्सयिरले मृत्युपछिको जीवनलाई यसरी वर्णन गरेका छन्ः ‘मृत्युपछि केहीको डर, पत्ता नलागेको देश जसको सीमानाबाट कुनै पनि यात्री फर्कंदैन ।’ स्पष्ट छ, अविश्वासचाहिँ एक दुःखी जीवनशैली मात्र होइन; यो त मृत्यु वरण गर्ने एक पीडादायी तरिका पनि हो । एकजना हास्यव्यंग्यकारले एक पटक यस्तो टिप्पणी गरे, ‘म सदाको लागि बाँच्न चाहन्छु…यहाँसम्म त ठिकै छ ।’ तर यदि मृत्यु यी दार्शनिकहरूले सोचेभन्दा फरक रहेछ भनेचाहिँ ? मृत्यु सराप नभएर एउटा ढोका रहेछ भने ? बच्नु पर्ने एक सङ्कट नभएर फर्कनु पर्ने एक स्थान रहेछ भने ? चिहानचाहिँ कठोर हत्याराको राज्य नभएर एक दिन चाँडै ‘हे माटोमा बस्ने हो, उठ र आनन्दले कराओ !’ भनी घोषणा गर्नुहुने प्राण रक्षकको राज्य रहेछ भने ? पावल लेख्तछन्, ‘यदि यस जीवनको लागि मात्र ख्रीष्टमा हामीले आशा राखेका हौँ भने हामी सबै मानिसहरूभन्दा बढ़ी दयनीय हुन्छाँै । वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ । सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ । किनकि जसरी मानिसबाट मृत्यु आयो, त्यसरी नै मृतकहरूो पुनरुत्थान पनि मानिसबाट नै आयो’ (१ कोरिन्थी १५ः१९–२१) । मृत्यु ‘महान् सायद’ होइन । होइन, पृथ्वीमा तपाईंको अन्तिम दिनले तपाईंका सबै दिनहरूमध्ये सर्वोत्तम दिनको घोषणा गर्नेछ !

कुनै धार्मिक अगुवाले प्रतिज्ञा गर्न नसकेको कुरा येशूले प्रतिज्ञा गर्नुभयोः कि उहाँ मृतकबाट बौरिउठ्नुुहुनेछ, तथा उहाँलाई पछ्याउनेहरूलाई पनि चिहानबाट पुनरुत्थान गराउनुहुनेछ । अनि उहाँले त्यो प्रतिज्ञामा एक असल विश्वासको बैना पनि दिइसक्नुभएको छ । उहाँको मृत्युहुँदा, ‘चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे…तिनीहरू पवित्र शहरमा प्रवेश गरे र धेरैकहाँ देखा परे’ (मत्ती २७ः५२–५३) । अनि येशूले उहाँको प्रतिज्ञा सम्पूर्ण रूपमा पूरा गर्नुहुने दिन चाँडै आउँदैछ । ‘ख्रीष्टमा सबै जीवित पारिनेछन्…हरेक आ–आफ्नै क्रमअनुसार— ख्रीष्टचाहिँ अगौटे फल, त्यसपछि उहाँको पुनरागमनमा ख्रीष्टका आफ्नैहरू’ (१ कोरिन्थी १५ः२२–२३) । ‘त्यसपछि’ भन्ने शब्दमा ध्यान दिनुहोस् । ख्रीष्टको पुनरागमनको मिति गोप्य राखिएको छ, तर उहाँको पुनरुत्थानले हाम्रो पुनरुत्थान हुन्छ भन्ने कुराको निश्चयता दिन्छ । प्राचिन यहूदीमत यस विषयमा विभाजित थियो । सदूकीहरू भन्दथे, ‘पुनरुत्थान हुँदैन’ (प्रेरित २३ः८) । तिनीहरूले चिहानलाई पातालको एकतर्फी यात्राको रूपमा हेर्दथे । जहाँबाट उम्कने कुनै उपाय र आशा थिएन । अर्कोतर्फ, फरिसीहरूले चाहिँ शारीरिक नभएर आत्मिक पुनरुत्थानको मात्र आशा राख्दथे । ग्रीकहरूको विश्वासमा मृतकको आत्मालाई स्टाइस्क नदी पार गराइन्थ्यो अनि आत्माहरू, अन्धकार र छायाहरूको सूर्यबिहीन् संसारमा लगेर छाडिन्थ्यो । तब येशू जो ‘सुतिगएकाहरू मध्येका अगौटे फल’ (१ कोरिन्थी १५ः२०) हुनुहुन्छ, उहाँ अन्धविश्वास र अन्धकारको यस संसारमा प्रवेश गर्नुभयो र उज्यालो ल्याउनुभयो । ‘अगौटे फल’ भन्ने शब्दलाई शाब्दिक रूपमै ‘नमूना’ भनी अनुवाद गर्न सकिन्छ । पुनरुत्थान हुनेहरूको लहरमा येशू पहिलो हुनुहुन्थ्यो, अनि उहाँलाई पछ्याउने हामीहरू सबै उहाँजस्तै हुनेछौँ । यो सन्देशले हाम्रो आँशु सुकाइदिन्छ, हाम्रो डर शान्त पार्छ, अनि हाम्रा उत्तम दिनहरू आउन बाँकी नै छन् भन्ने कुरा सम्झना गराउँछ ।

Facebook Comments

Category: News & Events