आगामी भदौ २०७५ सालदेखि लागू हुन लागेको ‘फौजदारी ऐन’ का बारे जानी राखौ

[ 0 ] May 26, 2018 |

‘आगामी भदौ २०७५ सालदेखि लागू हुन लागेको ‘फौजदारी ऐन’ का बारे जानी राखौ । ‘ केही हप्ता अगाडी कुमार सिंह बिष्टले पास्टर टंक सुबेदीसँग लिनुभइको अन्तवार्ता।

अन्तर्वार्ता सँग संबन्धित संदर्भ सामग्री निम।न अनुशार छनः

सन्दर्भ १: संबैधानीक व्यवस्था

नेपालको संविधानमा धर्मसंबन्धी व्यवस्था

४. नेपाल राज्य (१) नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो।

स्पष्टीकरण :यस धाराको प्रयोजनको लागि धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ।

२६. धार्मिक स्वतन्त्रताको हक:

(१) धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्ना आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ।

(२) प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ। तर धार्मिक स्थल तथा धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्न तथा गुठी सम्पत्ति तथा जग्गाको व्यवस्थापनका लागि कानून बनाई नियमित गर्न बाधा पुगेको मानिने छैन।

(३) यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ।

सन्दर्भ २: कानुनी प्रावधान

फौजदारी एन २०७४

परिच्छेद – ९
धर्म सम्बन्धी कसूर

१५५. धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पु-याउन नहुनेः (१) कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानी जानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मशानघाट वा चिहानलाई हानि नोक्सानी वा क्षति पु-याउन वा कुनै किसिमले दुषित गर्न, बिगार्न, फोहरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।

(३) विदेशीले उपदफा (१) बमोजिमको कसूर गरेको रहेछ भने उपदफा (२) बमोजिमको कैद भुक्तान भएको सात दिनभित्र निजलाई नेपालबाट बाहिर पठाउनु पर्नेछ।

१५६. धार्मिक भावनामा आघात पु-याउन नहुने: (१) कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट कुनै जात, जाति सम्प्रदाय वा वर्गकोधार्मिक भावनामा आघात पु-याउन हुँदैन।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।

१५७. धार्मिक रीति–स्थितिमा बाधा पु-याउन नहुनेः (१) कसैले सनातन देखि अपनाउदै वा चली आएको अरुको धार्मिक रीति–स्थितिमा जानी जानी बाधा पु-याउन हुँदैन।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवैसजाय हुनेछ।

१५८. धर्म परिवर्तन गराउन नहुने:

(१) कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन हुँदैन।

(२) कसैले कुनै, जात, जाति वा सम्प्रदायमा सनातन देखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुनेगरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा अन्य कुनै नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुँदैन।

(३) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।

(४) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने व्यक्ति विदेशी रहेछ भने त्यस्तो व्यक्तिलाई यस दफा बमोजिम भएको कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनु पर्नेछ।

१५९. हदम्याद: दफा १५८ अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको थाहा पाउँको मितिले छ महिना र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।

 

सन्दर्भ ३: अन्तराष्ट्रिय सन्धी

संयुक्त राष्ट्रसंघ नागरिक तथा राजनैतिक अधिकार (ICCPR)
धारा १८

१। हरेक व्यक्तिलाई विचार आस्था तथा धर्मको स्वतन्त्रताको अधिकार रहनेछ। यस अधिकारामा आफ्नो रोजेको धर्म वा विश्वास अवलम्बन गर्ने र एक्लै वा अरुसँग मिलेर र खुला वा गोप्यतापूर्वक पूजापाठ न्यास अध्यास वा शिक्षणद्बारा आफ्नो धर्म वा विश्वास प्रकट गर्ने स्वतन्त्रता समेटिनेछ।

२. आफूले रोजेको धर्म वा विश्वास राख्ने वा अवलम्बन गर्ने स्वतन्त्रतालाई विघ्नबाधा गर्ने गरी कसैलाई करकापमा पारिनेछैन।

३. जोसुकैको धर्म वा विश्वास प्रकट गर्ने स्वतन्त्रतामा कानुनले तोकेबमोजिमका र सार्वजनिक अधयता स्वास्थ्य वा नैतिकता वा अरुको मौलिक अधिकार वा स्वतन्त्रताको बचाउ गर्न आवश्यक हुने मात्र बन्देज लगाउन सकिनेछ।

४। आफ्नै आस्थाअनुकूल आफ्ना बालबालिकाको धेमिक तथा नैतिक शिक्षा सुनिश्चित गर्ने बाबुआमाको र लागू हुने अवस्था हेरी कानुनी संरक्षकको स्वतन्त्रतालाई सम्मान गर्ने यस अनुबन्धका राज्यपक्षहरु दृढ छन्।

 

संयुक्त राष्ट्रसंघ बडापत्र (UHDR)
धारा १८

प्रत्येक मानिसलाई विचार आस्था र धर्मको स्वतन्त्रताको अधिकार छ। यस अधिकारले धर्म वा विश्वास बदल्ने स्वतन्त्रता र सार्वजनिक वा व्यक्तिगत रुपमा एक्लै वा समूहमा आफ्नो धर्म वा विश्वासलाई शिक्षा आचरण पूजा र पालनद्बारा प्रकट गर्ने स्वन्तत्र्तासमेत समेट्छ।

सन्दर्भ ४: सन्धी ऐन २०४७ (१९९१)

सन्धी ऐन २०४७को व्यवस्था अनुसार नेपाल सरकारले निर्मन गरेको कुनै पनी ऐन वा निति नेपालले हस्ताक्षर गरेको कुनै पनी अन्तराष्ट्रीय सन्धी सम्झौता विपरित हुन गएमा स्वत रद्द हुने व्यवस्था छ।

Facebook Comments

Category: Multimedia, News & Events, Others, Religious Freedom