काठमाडौं- बैशाख १३, राष्ट्रिय ख्रीष्टियन महासंघले हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्ताव गरेको राष्ट्रिय सदाचार नीति–२०७४ प्रति केही बुँदाहरू सच्याउन माग गरेको छ। मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषदले प्रस्ताव गरेको सदाचार नीतिको मौस्यौदामा सबैलाई स्वतन्त्ररूपमा धर्म छान्न पाउने अधिकार भएको कुरा राष्ट्रिय ख्रीष्टिय महासंघ नेपालका अध्यक्ष सी बी गहतराजले बताउनुभएको छ। पत्रकार सम्मेलनमा सदाचार नीतिको ९.२.३ को उपदफा २ र १२ दफा नम्बर ९.२.५ को उपदफा ९ र दफा ९.२.४ को उपदफा ६,७, २४ र २५ ले प्रत्यक्ष रुपमा ख्रीष्टियनहरुको धार्मिक आश्था मान्न पाउने अधिकारलाई कुण्ठित गरेकोले सरकारले तत्काल संशोधन गर्नुपर्ने माग गरेको छ।
पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको विज्ञप्ती:
Discussion about this post