पोखरा, श्रावण ३२, नेपालभर बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या १११ पुगेको छ भने ३५ वेपत्ता भएका छन्। गृह मन्त्रालयका अनुसार बाढीले तराई-मधेशका झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङ लगायतका जिल्लामा १११ जनाको मृत्यु भएको छ ।
श्रावण ३१ गतेको व्यवस्थापिका संसद्को बैठकमा गृहमन्त्री जनार्दन शर्माले जानकारी दिदै बाढीबाट प्रभावित जिल्लाका ८० प्रतिशत भूभागका साथ हजारौं घर डुबानमा परेको र हजारौं बासिन्दा विस्थापित भएको बताउनु भएको थियो । मन्त्री शर्माका अनुसार हेलिकोप्टरबाट राहत वितरण भएको छ। गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएका परिवारलाई रु. दुई लाख र घर मर्मत गर्न रु.दश हजार वितरण गर्न थालिएको पनि जानकारी आएको छ । क्षति भएका घरहरुको क्षति मूल्यांकन गरेर त्यसको आधारमा तत्कालीन,मध्यकालीन र दीर्घकालीन निर्णय गरेर जाने कुरा बताउनुभएको छ । घर, सडक, पुल भत्किने क्रम निरन्तर भएकाले भौतिक योजना तथा निर्माण मन्त्रालयबाट निरन्तर काम भइरहेको समेत जानकारी भएको छ।
देशका विभिन्न ठाउँहरूमा बाटो अवरूद्ध हुँदा यातायात सुचारू हुननसक्दा जनताले दु:ख भोग्नु परेको छ। नवलपरासीको दाउन्ने स्थित अलपत्र परेका यात्रुहरूलाई गाउलेहरुले खाना समेत खुवाएर मानविय सेवा गरेका छन्।
Discussion about this post