ललितपुर- श्रावण १६, ललितपुर- श्रावण १६, नेपाल ख्रीष्टियन समाज र रुपान्तरण नेपालको आयोजनामा तिखेदेवलस्थित नेहेम्याह इन्ष्टिट्यूटमा Inter Religious/ Inter Faith Forum for Advocacy कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सुरूमा देशको वर्तमान अवस्थाको लागि प्रार्थना गरिएको थियो। उक्त विषयहरूमा पास्टर ऋषि रिमालले अगुवाई गर्नुभएको थियो। कार्यक्रममा उपस्थित पास्टर अगुवाहरूलाई पास्टर मुकुन्द शर्माले स्वागत गर्नुभएको थियो।
Christian Solidarity Worldwide बाट नेपाल आउनुभएका सहजकर्ताहरू आशा र सुजनले धार्मिक स्वतन्त्रतामा मानव अधिकारको सम्बन्धमा प्रस्तुत गर्नुभएको थियो। कुनै पनि देशका नागरिकले आफ्नो इच्छा अनुसार कुनै पनि धर्ममा आश्था राख्न पाउने स्वतन्त्रता विश्वका सबै देशहरुमा छ। धार्मिक आश्था राख्न वा मान्न पाउने एउटा व्यक्तिको मानव अधिकार हो भन्ने सन्दर्भमा प्रस्तुत गर्नुभएको थियो।
विश्वव्यापी मानवअधिकार र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र अनुसार राज्यले नागरिकको आश्थालाई कदर गर्नुपर्ने कुरामा केही घटनाहरू प्रस्तुत गर्नुभएको थियो। यस सम्बन्धमा एशियाली मुलुकहरूमा कार्यान्वयन भएको वा नभएको बारेमा पनि प्रस्तुत गर्नुभएको थियो।
नेपालमा नयाँ संविधान २०७२ जारी भएपछि चरिकोटमा भएको घटनाको बारेमा बताउँदै वर्तमान अवस्थामा भएको गतिविधीहरू सहभागीहरूबाट बुझ्नुभएको थियो। यसै सन्दर्भमा डा महेन्द्र भट्टराई, बि पि खनालले बास्तविकताहरु र जिज्ञासा राख्नुभएको थियो।
वहस कार्यक्रममा फौजदारी कसूर सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सन्दर्ममा यदि विधेयक पारित भयो भने धर्म परिवर्तन गर्नेलाई तोकिएको सजायले ICCPR र विश्वव्यापी मानव अधिकारको घोषणापत्रको कार्यन्वयन नगरेको मानिनेछ।
नेपालमा भएको पछिल्लो गतिविधीहरूमा चरिकोटको घटना, सल्यानको घटना र डोल्पाको घटनाको बारेमा रेलिजियस लिवर्टी नेपालका संयोजक पास्टर टंक सुबेदीले जानकारी गराउँनु भएको थियो। साथै फौजदारी कसूरमा ख्रीष्टियन समूदायबाट ICCPR & UDHR अनुसार धर्म परिवर्तन गर्न पाउनुपर्छ भन्ने थुप्रै सुझाव गएको र केही ख्रीष्टियन मित्रहरूबाट धर्म परिवर्तनको सजायलाई ५ वर्षको सट्टा तीन वर्ष र ५० हजार जरिवानाको सट्टा तीसहजार बनाएर पठाएको सूझाव पनि गएकोले यसको सन्दर्भमा केहि जटिलता भएको कुरा बताउदै प्रार्थनाको अपिल गर्नुभएको थियो।
कार्यक्रमको अन्तमा नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले एनसिएसबाट सल्यानको जेलमा भएकाहरूलाई भेटेर प्रार्थना गरेर आएको कुरा जानकारी गराउँदै जेलमा बसेका परिवारमा पहिलादेखि गर्दै आएको सहायतालाई निरन्तरता दिइरहेको जानकारी पनि गराउनुभएको थियो।
Discussion about this post